३९.७१ प्रतिशतले बढ्याे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३९.७१ प्रतिशत बढी नाफा गरेको हो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेर १५ अर्ब १ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३० करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेर १ अर्ब ७८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत बढेर १७ अर्ब ६७ करोड रुपैयाँ, सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष १.६६ प्रतिशत रहेको खराब कर्जा गत असारमा १.२१ प्रतिशतमा झारेको हो ।

प्रतिक्रिया