काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ– ८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह रहेको प्रहरीले जनाएको छ ।
बाराको सिम्रौनगढ, कलैया, वीरगञ्ज हुँदै काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
सो लागूऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् । नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया