शिक्षकहरुकाे आन्दोलन आज हात माथि उठाएर (तस्विरहरु)

काठमाडौं । यही २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठौँ दिन पनि जारी छ । नेपाल शिक्षक महासंघको आयोजनामा लामो समयदेखि आन्दोलित शिक्षकहरुले आफ्ना माग पूरा नभए नफर्किने अडान लिएका छन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग गर्दै शिक्षकहरुले आज हात माथि उठाएर प्रदर्शन गरेका छन् । यसअघि पनि शिक्षकहरुले फरक–फरक शैलीमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

आज आठौँ दिनमा पनि आन्दोलित शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्ने बताएका छन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

प्रतिक्रिया