काठमाडौँ । लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबमाथि सहज जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा प्लानिङ ३–० ले विजयी भएको हो । लगातार पाँचौँ जितसहित प्लानिङले १५ अंक पु¥याएको छ ।
सरस्वतीको भने यो लगातार तेस्रो हार हो । सरस्वतीको समान खेलबाट ६ अंक छ । प्लानिङको जितमा सुजन डंगोल, सरोज कार्की डोली र फागुराम थारूले समान १ गोल गरे । खेलको दोस्रो मिनेटमै सुजनको गोलमार्फत प्लानिङले सुरुआती अग्रता लिएको थियो । ७३औँ मिनेटमा सरोजको गोलमार्पत प्लानिङले उक्त अग्रता दोब्बर बनाएको हो । निर्धारित ९० मिनेटको खेल सकिन ८ मिनेट बाँकी रहँदा फागुरामले अर्को गोल थप्दै ३–० को सहज जित सुनिश्चित गरे ।
प्रतिक्रिया