काठमाडौं । यही चैत १५ गते काठमाडौंको तीनकुने घटना प्रकररणमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसैगरी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएकाहरुविरुद्ध भने १५ दिनको म्याद थप भएको छ । प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ । गत १५ चैतमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्युसमेत भएको थियो ।
उक्त प्रदशनमा प्रहरीको गाली लागेर कीर्तिपुरका सविन महर्जनका मृत्यु भएको थियो भने एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको थियो । त्यसैगरी काठमाडौंका विभिन्न स्थानमा तोडफोड, आगजनी र भाटभटेनी सुपरमार्केटमा लुटपाट पनि भएको थियो ।
प्रतिक्रिया