बरिष्ठ गायिकाको सम्मान

काठमाडौँ । वरिष्ठ गायिका देविका वन्दनालाई इन्टरनेसनल नेप्लिज कम्युनिटी (आइएनसी)ले सम्मान गरेको छ । काठमाडौँमा आयोजित क्यान्सर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गायिका वन्दनाले क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव सुनाइन् । गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा.उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा.प्रकाश ज्ञवालीलगायत सहभागी कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा.अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको संयोजन संगीतकार टीका दाहाल गरेका हुन् । कार्यक्रममा कम्युनिटीले गायिका वन्दनाको हौसला अभिवृद्धिका लागि वन्दनाद्वारा लिखित पुस्तक ‘जित्नेको हाँसो’ ५० प्रति खरिद गरेको थियो । विश्वभर विभिन्न पेसा, व्यवसाय तथा श्रम क्षेत्रमा आबद्ध भई सामाजिक सञ्जालमा सक्रिय नेपाली तथा नेपालीभाषी युवाको समूहले स्थापना गरेको कम्युनिटी पवित्र उद्देश्यका साथ व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि समर्पित भएर कार्य गर्दै आएको छ ।

प्रतिक्रिया