उपसमिति गठनमा पनि मन्त्री चौधरीको मनोमानी

१०औँ राष्ट्रिय खेलकुद

काठमाडौँ । पटकपटक मिति गरेको १०औँ राष्ट्रिय खेलकुदका लागि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उपसमिति गठन गरेका छन् । ३ जेठदेखिका लागि घोषित राष्ट्रिय खेलकुदका लागि मन्त्री चौधरीको स्वामित्वमा रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान समारोह उपसमितिको संयोजक बनेकी छन् ।

मन्त्री चौधरीले सोमबार १०औँ राष्ट्रिय खेलकुदका लागि ११ वटा उपसमिति गठन गरेका छन् । खेलकुद मन्त्री चौधरीले राखेपका बोर्ड सदस्यहरूको संयोजकत्वमा ११ वटा उपसमिति गठन गरेका हुन् । उपसमितिअन्तर्गत समारोह उपसमितिमा अर्की बोर्ड सदस्य नन्दा बस्याल सदस्य रहेकी छन् ।


प्राविधिक उपसमितिको संयोजकमा भानबहादुर चन्द, स्वास्थ्य उपसमितिको संयोजकमा जगतसिंह धामी, सुरक्षा प्रबन्ध उपसमिति संयोजकमा प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमितिमा कमलप्रसाद भट्टराई संयोजक, स्रोत परिचालन उपसमितिमा अन्जन धमला संयोजक, प्रचारप्रसार उपसमितिमा प्रकाशकुमार कुसारी संयोजक, व्यवस्थापन उपसमितिमा सुवर्ण श्रेष्ठ संयोजक, एन्टी डोपिङ उपसमिति संयोजकमा असिम भण्डारी संयोजक, अनुसन्धान उपसमिति संयोजकमा हिमालकुमार श्रेष्ठ र पुनरावेदन उपसमिति संयोजकमा अनन्दकुमार झा संयोजक रहेका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता निर्देशिकामा कार्यसम्पादन समितिको संयोजकको रूपमा राखेप सदस्य सचिवले मन्त्रीको परामर्शमा उपसमिति गठन गर्ने प्रावधान छ । खेलकुद मन्त्री चौधरी आफैँले उपसमिति संयोजक र सदस्य तोकिदिएका छन् ।

प्रतिक्रिया