काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसंघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासंघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताए ।
निरंकुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार संकुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको सांगठनिक सुदृढीकरणमा जनपरिचालनको महत्व तथा अन्तरराष्ट्रिय अभ्यासबारे सम्बोधन गरे । उनले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको बताए ।
प्रतिक्रिया