छिपहरमाई मन्दिरमा भक्तजनको भीड

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकाको बंजारीमा रहेको प्रसिद्ध ऐतिहासिक पर्यटकीय एव धार्मिकस्थल छिपहरमाईमा आज चैत नवमीको अवसरमा मेला लागेको छ । यहाँ वर्षभरिमा दुई चोटी मेला लाग्ने गर्दछ । चैत नवमीको अवसरमा चैत नवमीको दिन र विजया दशमीको अवसरमा दशहरा मेला लाग्दै आइरहेको छ ।

मेलामा भारतीय क्षेत्रको मुख्य बजार सिकटा, मैनाटाड, बेतिया , नरकटियागञ्ज, रामनगर, बागहा, रक्सौल, मोतिहारी, लौरिया र नेपालको, पर्सा, बारा, रौतहटलगायतका स्थानबाट भक्तजनहरुले आएर चैत नवमीको दिन छिपहरमाईको जयकारा लगाउँदै पूजापाठ, चुनरी, प्रसाद, नरिवल, कराहीसमेत चढाउने गरेका छन् ।

यहाँ राँगा, बोका परेवा लगायतको बली पनि चढाउने चलन रहेको छ । छिपहरमाईले भक्तजनहरुले आफ्नो मनमा राखेको कुरा भाकल पूरा भइसकेकाले आफूले भाकेको कुरा लयाउने गर्छन् । मनोकामना पूरा भएपछि यहाँ अखण्ड अष्याम हरु गराउने गर्छन् ।

यहाँ अखण्ड अष्टयाम गराउनका लागि पहिले नै समय लिनुपरिरहेकाले यसपाली तीन जना भक्तजनहरुको अष्ठयाम भएको थियो । भक्तजनहरुलाई छिपहरमाईले भाकल पूरा गरेपछि महिला भक्तजनहरुले आफ्नो आँचलमा नेटुवाको नाच नचाउने गर्छन् ।

यहाँ चैत नवमी र दशमीको अवसरमा सप्तमीको दिन पूजारीहरुले देवी–देवताहरुलाई बोलाएर विभिन्न समस्याहरु समाधान गर्ने गर्छन् । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले छिपहरमाईको मेला कसैले नलगाउने र स्वं आफैँ लाग्ने गरेको बताए ।

उनले भने, ‘यहाँ त हजारौँको संख्यामा भक्तजनहरु आउने गर्छन्, सबै भक्तजनहरुको मनोकामना पूर्ण हुन्छ, त्यसै कारण माताको स्थानमा आएर पूजापाठ गर्छन् ।’ छिपहरमाई मेलामा सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, गाउँपालिका प्रहरी र स्थानीय स्वमसेवक हरु परिचालन गरिएको थियो ।

प्रतिक्रिया