१ लाख ७० हजार रोहिंग्या शरणार्थी फिर्ता गर्न म्यानमार तयार

काडमाडौँ । म्यानमारले बंगलादेशमा रहेका ६ ब्याचमध्ये पहिलो ब्याचका १ लाख ८० हजार रोहिंग्या मुसलमान शरणार्थी देशलाई फिर्ता गर्न तयार भएको बताएको छ । सन् २०१८ देखि २०२० को बीचमा बंगलादेशले आफूकहाँ शरणार्थीका रूपमा रहेका औपचारिक ६ ब्याच रोहिंग्याको औपचारिक सूची बुझाएको थियो ।

म्यानमारका उपप्रधान तथा परराष्ट्रमन्त्री यु थान सेउले बंगलादेशका मुख्य सल्लाहकार डा. खालिफुर रहमानलाई शरणार्थी फिर्ता लिने कुराको जानकारी गराएका हुन् । यो निर्णयले लामो समयदेखि एसिया क्षेत्रका भारत, बंगलादेश र नेपालको टाउको दुखाइ बनेको रोहिंग्या शरणार्थी समस्या समाधानको बाटो खुलेको छ ।

म्यानमारका मन्त्री थानले ५ लाख ५० हजार बाँकी शरणार्थीलाई फिर्ता गर्ने विषयमा छलफल भइरहेको बताए । सो भेटमा रहमानले म्यानमार भूकम्पमा ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गर्दै थप राहत र सहयोगका लागि बंगलादेश तयार भएको बताए ।
अहिले बंगलादेशको कब्स बजारको उपखया र टेकनाफमा ३३ क्याम्पमा १३ लाख रोहिंग्या शरणार्थी छन् । पछिल्लो ७ वर्षमा क्याम्पमा ७ लाख बच्चा जन्मेको बताइएको छ । नेपाल र भारतको पश्चिम बंगाल साथै पूर्वोत्तर राज्यहरूमा पनि केही रोहिंग्या शरणार्थी रहेको बताइए पनि उनीहरूको संख्या एकिन गरिएको छैन ।

प्रतिक्रिया