लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मन्त्री गुरुङको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दृढतापूर्वक संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।

बाह्रखरी मिडिया प्रालिले काठमाडौंको गोकर्ण रिसोर्टमा आज आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद्घाटन गर्दै उनले निरंकुशताको विपक्षमा उभिन सबैलाई आग्रह गरे । उनले खेलकुदलगायतका गतिविधि लोकतन्त्रमा मात्रै सम्भव भएको बताए ।

गल्फ प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् । कर्पोरेट गल्फको पहिलो संस्करणमा क्याप्टेन नोर्बु शेर्पा विजेता भएका थिए । त्यसैगरी महिलातर्फ रेखा घिमिरे विजेता बनेकी छन् ।

प्रतिक्रिया