गायिका भट्टराईले ल्याइन् ‘नवलपुरे कान्छी’

काठमाडौं । लोकदोहरी गायिका गीता भट्टराईले नयाँ गीत ‘नवलपुरे कान्छी’ ल्याएकी छन् । गायिका भट्टराईले उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् ।

सरोज बिरही कार्कीको शब्द, संगीत, गीता भट्टराई र सरोज बिरहीको स्वर रहेको गीतको भिडियोमा बिना राउत र सागर विश्वकर्माले अभिनय गरेका छन् ।

रोमान्टिम शैलिको दोहरी गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन, मिक्सिङ र मास्टरिङ मनोज परियार, कोरियोग्राफी राजाराम सिंखडा, निर्देशन मिलन श्रेष्ठको रहेको छ । लामो समयदेखि सांगीतिकमा लगाव राख्दै आएकी गायिका भट्टराईका यसअघिका गीतहरुले पनि राम्रै चर्चा बटुलेको बताइन् ।

प्रतिक्रिया