रवि ओडको आवाजमा ‘बाह्रै महिना, बाह्रै तारिका’ गीतको भिडियो

काठमाडौं । गायक रवि ओडको आवाजमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

उक्त गीतमा डिपी खनालको शब्द, बाबुल गिरीको संगीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो शुक्रबार गायक रवि ओडकै युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिएकी छन् । अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल बिक, कविता न्यौपाने, सरोज प्रजा, स्मरिका थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया