काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको उहाँले बताएका छन् ।
थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएकाहुन् ।
‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ’, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।
प्रतिक्रिया