कालिकोट । जिल्लाको महावै गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुई दिने विशेषज्ञ स्वास्थ्य शिविरमा ६६९ जनाले सेवा लियका छ्न् । स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य शाखा महावै गाउँपालिका, महावै आधारभूत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनले संयुक्त रुपमा शिविर सम्पन्न गरेका छन् ।
गाउँमै शिविर सञ्चालन हुँदा वृद्धवृद्धा, बालबालिका तथा बयस्कहरुलाई सहजरुपमा औषधि उपचार गरिएको छ । चैत २१ र २२ गते सुरु भएको विशेषज्ञ स्वास्थ्य सेवा शिविरबाट हाडजोर्नी तथा नसा रोग सेवा, स्त्री तथा गर्भवती, बालरोग सेवा, सामान्य सल्यक्रिया, परिवारनियोजन सेवा, निदात्मक सेवालगायत अन्य रोगका बिरामीहरुको उपचार गरिएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
उनले गाउँपालिकामै शिविरको आयोजना गर्दा नागरिकलाई सहज भएको तथा बिरामीहरुलाई सदमुकाम धाउनुपर्ने अवस्था नभएको बताए । उक्त शिविर सम्पन्न पार्न लागिपर्ने सहयोगी निकायलाई धन्यवाद दिँदै यही चैत २६ र २७ गते आँखा उपचार शिविर सञ्चालन गर्न लागिरहेको अध्यक्ष सिंहले जानकारी दिए ।
कालिकाेट
प्रतिक्रिया