आज ३९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू ३९ सय ले घटेको हो ।

आज प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया