बेबी लाइफ होमलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एचआइभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरूप २ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सव ७ वैशाखमा मनाउँदै छ ।

सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबी लाइफ होममा हाल २७ जना एचआइभी संक्रमित बालबालिका आश्रित रहेका छन् । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्योपचारमा खर्च संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए ।

प्रतिक्रिया