काठमाडौँ । हुन्डाइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाइसँग’ योजना ल्याएको छ । यो ग्राहकमुखी योजना २१ चैतदेखि नेपालभरि सुरू भएको छ । ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाइले नगद छुटको आकर्षक अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकहरूले हुन्डाइ गाडीको खरिदमा आकर्षक ६ लाख रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।
हालै सार्वजनिक गरिएको ‘चुज योर फ्युचर’ को थिमसहित, क्रेटा इभी र क्रेटा आइस (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ । यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।
ग्राहकहरूको सन्तुष्टीका लागि हुन्डाईले ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आइस हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरू कम्पोनन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।
प्रतिक्रिया