प्रतिनिधिसभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ पटक बैठक बस्यो– संसद सचिवालयको रेकर्ड

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको पाँचौँ अधिवेशन आज मंगलबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट पाँचौँ अधिवेशन अन्त्य गरिसकेका छन् ।

गत माघ १८ गते शुक्रबारबाट सुरु भएको अधिवेशन चैत १९ गतेसम्म चल्यो । अधिवेशन चलेको ६१ दिनमध्ये २५ दिनमा २७ वटा बैठक बसेको छ ।

जसमा ११८ घण्टा २१ मिनेट संसदीय कामकारबाही भएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशन अवधिमा अध्यादेशमार्फत आएका पाँच प्रतिस्थापन विधेयक पारित भएका छन् भने फागुन ४ र चैत ७ मा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् ।

सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा १२ र एक गैरसरकारी विधेयक दर्ता भएकोमा पाँच वटा विधेयक दुवै सदनबाट पारित भएका छन् भने चार वटा समितिमा विचाराधीन रहेको संसदीय सचिवालयले जनाएको छ ।

हेरौँ संसद सचिवालयको रेकर्ड

प्रतिक्रिया