प्रतिनिधिसभा बैठकबाट राप्रपा सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित

काठमाडाैा । राप्रपा सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बोहराको ७४ वर्षको उमेरमा मंगलबार बिहान ११ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको थियो ।बोहरा २०७९ सालको संघीय चुनावमा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए । पोस्टकोभिडका कारण बोहराको घाँटीमा क्यान्सर भएको थियो ।

प्रतिक्रिया