काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट २०२६ मा पहिलो खेल लाओससँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्द्वी पाएको हो । यी २ बीचको खेल २९ जुनमा हुनेछ ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार गरिएको समूह विभाजनमा नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन् । यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन् ।
यो समूहको खेल उज्बेकिस्तानमा हुने तय छ । नेपाल फिफा वरीयतामा ९९औँ स्थानमा छ । लाओस भने ८ स्थान तल अर्थात् १०७औँ स्थानमा छ । नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।
प्रतिक्रिया