एनसेल एनएसएल : तेस्रो सहभागिता उपलब्धिमूलक हुने चितवनको विश्वास

काठमाडौँ । चितवन एफसीमार्फत नेपाली फ्रेन्चाइज फुटबलमा प्रवेश गरेको आइएमई स्पोट्र्स एन्ड इन्टरटेन्मेन्ट यसपटक एकदमै उत्साहित छ । पछिल्ला २ संस्करण चितवनका लागि सुखद् रहन सकेन । पहिलो संस्करण जितविहीन चितवन दोस्रो संस्करणमा पनि प्ले अफ प्रवेश गर्न असफल नै भएको थियो । यसपटक चितवनको टोली उत्साहित छ । फ्रेन्चाइजका प्रमुख सचिन ढकालको उत्साह फरक किसिमको छ । उनी भन्छन्, ‘यसपटक फरक परिणाममा हामी विश्वस्त छौँ ।’

पछिल्लो समय क्लब फुटबलमा छाएका नवीन न्यौपानेको प्रशिक्षणमा रहेको चितवनमा मार्की खेलाडी अञ्जन विष्ट छन् । यी दुवै नेपाली फुटबलमा उत्तिकै सफल नाम हुन् । विशाल श्रेष्ठ र सुमित श्रेष्ठमाथि नै चितवनको धेरै आशा छ । त्यसो त ६ विदेशी खेलाडीको उपस्थितिले उत्साहित चितवनका प्रशिक्षक न्यौपाने छोटो समयमा नै टिम समन्वय मिल्दै गएको कुरामा सहमत छन् । चितवनमा उज्बेकिस्तानका नोर्डेभिक रामालोभ, अमेरिकाका जोनाथान क्याम्बेल त टोलीका प्रमुख खेलाडी हुन् । घानाका नाम चलेको टोनी जेब्रल चितवनका अर्का भरपर्दा स्टार हुन् । एटेकिङ मिडफिल्डर उनी यस एनएसएलका हेर्न लायक खेलाडीसमेत हुन् ।

जमैकाका गोलरक्षक नाइटले टोली अझ बढी उत्साहित छ । नाइजेरियाका मलिक युसुफ र अमेरिकाका भिक्टर मान सरायलाइ अनुबन्ध गराउन पाउँदा अझ बढी उत्साहित छ । यस सिजन विगतको भन्दा खर्चालूले बनेको छ । सबै टोलीले विदेशबाट नाम चलेका स्टार भित्र्याएका छन् । सायद यसले नेपाली फुटबललाई पक्कै माथि उकास्ने छ । तैपनि यसका केही समस्या भने पक्कै छन् । एसियाली फुटबलको मूलधारमा प्रवेश गर्न सकेको छैन ।

यो सिजन चितवनको खर्च २ करोडदेखि २ करोड ५० लाख रुपैयाँ हुने छ । फ्रेन्चाइज प्रमुख ढकालकै मत छ, ‘बिस्तारै फ्रेन्चाइजहरू नाफामा जाने छन् भन्ने लाग्छ । अन्यथा हरेक वर्ष यसै गरी खर्च गरी रहन साँच्चै कठिन काम हो ।’ त्यसो त नेपालको अर्थतन्त्र पछिल्लो समय सही बाटोमा छैन । यस समयमा पनि फ्रेन्चाइजमा विभिन्न निकायको चासो पक्कै महत्वपूर्ण पक्कै हो । यसको मूल कारण भने फुटबल प्रतिको लगाव नै हो । तथापि यसै लगावका कारण मात्र धेरै वर्ष रही रहन कठिन हुने कुरामा भने ढकाल नै पनि सहमत छन् । फुटबललाई पुरानो साख र लोकप्रियताको आवश्यकता भने पक्कै छ ।

चितवनको अहिलेको चासो उपाधि नै हो । यसका लागि टोली अहिले प्रशिक्षणमा व्यस्त छन् । टोलीमा रहेका हरेक व्यक्ति यसमा लागि परेका छन् । अध्यक्ष ढकाल, मार्की खेलाडी विष्ट, प्रशिक्षक न्यौपाने र अपरेसन अफिसर मिलिनियम ढकालको मिहिनेत उस्तै छ ।

पछिल्लो समय नेपालमा फुटबलको लोकप्रियता कतै कमी आएको हो कि भन्नेमा शंका नभएको होइन । यसकारण यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने चितवन एफसीका ढकाल बताउँछन् । १६ चैतदेखि सुरु हुने एनसेल एनएसएल १३ वैशाखमा सकिने छ ।

काठमाडौँ रेजर्सको नयाँ जर्सी

नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सको नयाँ जर्सी सार्वजनिक गरिएको छ । काठमाडौँले मंगलबार तेस्रो संस्करणमा प्रयोग हुने हेम एन्ड अवे जर्सी सार्वजनिक गरेको हो । काठमाडौँले १६ चैतमा साविक विजेता ललितपुर एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । काठमाडौँले प्रतियोगिताभर रातो र सेतो जर्सीको प्रयोग गर्नेछ ।

प्रतिक्रिया