एनएसएल र टिकटकको सहकार्य

काठमाडौँ । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनका लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ ।


२९ मार्चदेखि काठमाडौँमा आयोजना हुने एनसेल एनएसएल–३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । दशरथ रंगशालामा आयोजना हुने १ महिना लामो फुटबल महोत्सव २६ अप्रिलमा सकिने छ ।


एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, ‘एनएसएल सधैँभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुनः परिभाषित गर्ने प्रयास गर्दछ । यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलोपटक नजिक ल्याउनेछ । फुटबल केबल खेल मात्र होइन, यो जोश, समाज र साझा अनुभवहरूको बारेमा पनि हो । यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटकमार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौँ ।’

प्रतिक्रिया