काठमाडौँ । मधेस प्रदेशसँग अप्रत्याशित हार बेहोरेको विभागीय टोलीले त्रिभुवन आर्मी क्लबले गण्डकीमाथि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पुनरागमन गरेको छ । देब्रे हाते स्पिनर साहब आलमले ५ विकेट लिएसँगै शुक्रबार सम्पन्न खेलमा गण्डकीमाथि आर्मीले ६ विकेटको सहज जित निकालेको हो । जितसँगै आर्मीले ७ खेलबाट १२ अंक पु¥याएको छ ।
यद्यपि, साविक विजेता नेपाल पुलिस क्लबसँग आर्मी २ अंकले पछि परेको छ । शीर्ष स्थानको पुलिसको समान खेलबाट १४ अंक छ । गण्डकी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । पुछारको गण्डकीको ७ खेलबाट २ अंक छ । गण्डकीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।
आर्मीका ओपनर त्रितराज दासले सर्वाधिक ३७ रन बनाए । ६८ बल खेलेका उनले ३ चौका प्रहार गरे । भीम सार्की १४ र इमरान शेख १२ रनमा आउट हुँदा बसिर अहमद ३२ र सोमपाल कामी १० रनमा अविजित रहे ।
गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले समान १ विकेट लिए । त्यसअघि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो । गण्डकीका ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । ४९ बल खेलेका उनले ४ चौका प्रहार गरे । दीपक डुम्रे १९, कमल परियार १७ र कप्तान विपिन खत्री १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन ।
साहब आलमले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ४२ रन खर्चिए । कुशल मल्ल र नरेन साउदको नाममा समान २ विकेट रह्यो । यसै गरी, मधेस प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले चौथो जित हात पारेको छ । शुक्रबार सम्पन्न खेलमा कर्णाली ८१ रनले विजयी भएको हो । यो नतिजासहित कर्णालीले ७ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ ।
१ खेल कम खेलेको मधेसको भने ४ अंक छ । कर्णालीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको मधेसले ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो । मधेसका रुपेश सिंहले सर्वाधिक ३० रन बनाए । ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे । विशाल पटेल २५ र हरिशंकर साह १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन । कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४१ रन खर्चिए । दीपेन्द्र रावतले ३, प्रकाश जैशीले २ र सुनिल धमलाले १ विकेट लिए ।
त्यसअघि बुटवलको भैरहवास्थित एक्ट्रा टेक ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २२० रनको योगफल तयार गरेको थियो । कर्णालीका दीपेन्द्रले सर्वाधिक ६१ रन बनाए । ९२ बल खेलेका उनले ६ चौका प्रहार गरे । अर्जुन घर्ती २६, दिनेश अधिकारी २४, प्रकाश जैसी २०, कप्तान दिवश पुन १८ र रवीन्द्र शाही १३ रनमा आउट भए । मधेसका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह र अनिलकुमार साहले समान २ विकेट लिए ।
विभागीय टोली एपिएफ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न खेलमा एपिएफ ३ विकेटले विजयी भएको हो । यो नतिजासँगै एपिएफले ७ खेलबाट ८ अंक पु¥याएको छ । सुदूरको भने समान खेलबाट ४ अंक छ । सुदूरले प्रस्तुत गरेको १९२ लक्ष्य एपिएफले ३६ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । एपिएफका सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए । ६८ बल खेलेका उनले ५ चौका प्रहार गरे । आसिफ शेख ३२, लोकेश बम १९, दीपक बोहरा १६ र रोहितकुमार पौडेल १४ रनमा आउट हुँदा भुवन कार्की १४ रनमा अविजित रहे । सुदूरका शेर मल्ल, विकाश आग्री र नारायण जोशीले समान २ विकेट लिए ।
प्रतिक्रिया