काठमाडौं । आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालमा हुनेछ ।
पहिलो खेल चैत १२ गते हुने छ भने दोस्रो खेल चैत १४ गते हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । यु–१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौंमा हुने तय भएको प्रवक्ता लामाले बताए । उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् ।
प्रतिक्रिया