कानुनी रूपमा गाँजा खेतीगर्न खुल्ला गरिएमा ग्रामीण अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । किनभने, नेपालमा गाँजाको उपयोग औषधिका रुपमा बहु–क्षेत्र, बहु–विधामा प्रयोग हुने गरेको छ । नेपालमा उत्पादन हुने गाँजाको गुणस्तर विश्वकै उत्कृष्ट रहेको छ ।
केही समयअघि महाशिवरात्री पर्व सकिएको छ । सो पावन अवसरमा नेपालको पशुपति क्षेत्रलगायत नेपालका विभिन्न शिवालयमा उपस्थित हुने साधु, सन्त, महन्त र जोगी–सन्यासीहरूलाई सरकारले वा भनौँ स्थानीय वासिन्दाहरूले नै त्यस्ता साधु, सन्त, महन्त र जोगी, सन्न्यासीहरूलाई गाँजा उपलव्ध गराए । यसको कारण हो, हिन्दूधर्म र दर्शनमा गाँजालाई ‘देवादीदेव महादेवको प्रसाद’का रूपमा लिनु । यसरी हेर्दा हिन्दूधर्म र दर्शनमा गाँजा धार्मिक कार्यमा प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ । तर, यो लेखमा गाँजा खेतीले नेपालको ग्रामीण अर्थतन्त्रलाई कसरी टेवा पुग्छ ? भन्ने सम्बन्धमा छोटकरीमा उल्लेख छ ।
कानुनी रूपमा गाँजाखेती गर्न खुल्ला गरिएमा ग्रामीण अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । किनभने, नेपालमा गाँजाको उपयोग औषधिका रूपमा बहु–क्षेत्र, बहु–विधामा प्रयोग हुने गरेको छ । नेपालमा उत्पादन हुने गाँजाको गुणस्तर विश्वकै उत्कृष्ट रहेको छ । त्यसैले आशा गरौँ ‘तत्कालीन अर्थमन्त्रीद्वय डा. प्रकाशशरण महत एवं वर्षमान पुनले ल्याएको गाँजा र गाँजाखेतीसम्बन्धी समग्र नीतिलाई ऐन, कानुन, नियम, कार्यविधि, कार्यादेश आदि बनाएरै लागू गरिनेछ । निश्चय नै नेपालमा गाँजाखेती र सार्वजनिक प्रयोग गर्दा युवाहरू गँजेडी बन्लान् कि ? भन्ने डरबाहेक अरू सबै दृष्टिकोणबाट हेर्दा उपयुक्त नै देखिन्छ । किनभने, गाँजाको उपयोग बहु–औषधिका लागि बहु–क्षेत्र, बहु–विधामा प्रयोग हुने गरेको छ । त्यसैले जतिसक्दो चाँडै नेपाल सरकारले गाँजाको व्यावसायिक खेती र आवश्यक औषधिहरू उत्पादन गर्नका लागि चाहिने आवश्यक ऐन, बनाउने र विद्यमान कानुनमा रहेका बाझिने अनावश्यक प्रावधान खारेज गर्नुपर्ने देखिन्छ ।
अहिलेसम्म नेपालमा गाँजालाई लागुपदार्थ भनी वर्गीकरण गरेर राखिएको अवस्था छ । हुन त गाँजाको नकारात्मकभन्दा सकारात्मक पक्ष धेरै नै रहेको छ । त्यसैले त अरू देशलाई गाँजाखेतीलाई प्रतिबन्ध लगाउन उक्साउने अमेरिका, क्यानडा, थाइल्यान्डलगायत विश्वका धेरै देशहरूले गाँजाको सही सदुपयोग गरेका छन्, खेतीपाती नै गरेर आर्थिक उन्नति गरेका छन् । तर, नेपालमा गाँजाको स–सानो दुरुपयोगलाई देखाएर ठुलो इस्यु बनाएर गाँजा प्रतिबन्धलाई कायमै राख्ने प्रपञ्च गरेको देखिन्छ । हुन त केही नेपाली युवाहरूलाई गाँजाको दुरुपयोगले नष्ट गरेको छ । यसमा हामीले असहमति जनाउनुपर्ने कुरै छैन ।
नेपालमा गाँजा प्रयोगको इतिहास हेर्दा विगत समयमा नेपालमा कानुनी रूपमै गाँजा खेती गरिन्थ्यो । खुल्ला रूपमा बेचिन्थ्यो पनि । त्यस्तो देशको केन्द्र भाग (राजधानी) काठमाडौँको ठमेल (झोछेँ) मा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई खुल्ला रूपमा गाँजाको विभिन्न परिकारहरू बनाएर बेच्ने होटेल, गेस्ट हाउस, लज र रेस्टुरेन्ट चलाइन्थ्यो । धेरै पछि गाँजाखेती र गाँजा बेचबिखनलाई नेपालमा गैरकानुनी करार गराइएको हो । खासमा विश्वव्यापी रूपमा लागू गरिएको ‘सिंगल कन्भेसन अन नार्कोटिक ड्रग’ भन्ने लागुऔषधसम्बन्धी विश्वव्यापी अन्तर्राष्ट्रिय सन्धिलाई नेपालले सन् १९६१ मा पारित ग¥यो । त्यसले नेपालको गाउँघरमा सानो परिणाममा हुने गरेको गाँजाखेतीलाई नराम्रोसँग असर ग¥यो ।
गाँजाखेती त्यो बेला व्यापार गरेर पैसा कमाउनभन्दा पनि नेपालीहरूले औषधिका रूपमा प्रयोग गर्ने गर्थे । जे भए तापनि ‘सिंगल कन्भेसन अन नार्कोटिक ड्रग’ सन्धिलाई नेपालले पारित गरेपछि नेपालको अधिकांश ग्रामीण क्षेत्रमा हुने गाँजाखेती गैरकानुनी भयो । यसरी नेपाल सरकारले अवैध मानेको गाँजाखेती ‘मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, काभ्रे, चितवन, रोल्पा, रुकुम, अर्घाखाँची, डोल्पा, पर्सा, सिन्धुली, दाङ, धनकुटा, सुनसरी, इलाम, पाँचथर, झापा’ लगायत जिल्लामा लुकीछिपी गर्ने गरिन्छ ।
संयुक्त राष्ट्र संघले अझै पनि कानुनी रूपमा गाँजालाई लागुपदार्थको रूपमा वर्गीकरण गरेको छ । तथापि नेपालको सन्दर्भमा जतिसक्दो चाँडो नेपाल सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने देखिन्छ । साथै राज्यले नै किसानहरूलाई गाँजा खेतीका लागि प्रोत्साहन गर्ने र मल, बिउ, औषधि आदिमा अनुदान दिने र बजारीकरणमा सहजीकरण गरेमा धेरैभन्दा धेरै नेपाली किसानहरूले राम्रो आम्दानी गर्ने छन् । साथै देशको आर्थिक स्रोतको आधार पनि बन्न सक्छ, ‘गाँजाखेती ।’
अब हामीले सर्तसहित नेपालमा वैधानिक रूपमा गाँजाखेती गर्न किन नदिने ? भन्ने सम्बन्धमा खुल्ला रूपमा बहस र छलफल गर्नुपर्ने देखिन्छ । इतिहास हेर्ने हो भने, नेपालमा सुरुदेखि गाँजा खेतीलाई प्रतिबन्धित गरिएको थिएन, होइन । संयुक्त राज्य अमेरिकाले आप्mनो पहलमा विश्वव्यापी रूपमा लागू गर्न ल्याएको ‘सिंगल कन्भेसन अन नार्कोटिक ड्रग’ नामक लागुऔषधसम्बन्धी विश्वव्यापी अन्तर्राष्ट्रिय कानुनलाई विश्वका प्रायः सबै देशहरूलाई अनिवार्य सन्धिभैmँ मानेर पारित गराउन लबिङ ग¥यो । सो कार्यमा अमेरिका सफल पनि भयो । त्यसैले सो सन्धिलाई नेपालले बुझेर भन्दा पनि नबुझेरै होला, सन् १९६१ मा पारित ग¥यो । त्यसले गर्दा नेपालको गाउँगाउँमा ससानो परिणाममा हुने गरेको गाँजाखेतीलाई असर ग¥यो । हुन त त्यो बेला गाँजाखेतीलाई नेपालमा बिक्री वितरण र व्यापार गरेर पैसा कमाउने माध्यम बनाउनका लागि भन्दा पनि धेरैजसो मानिसहरूले आपैmँले घरेलु औषधि–मूलोका रूपमा प्रयोग गर्न र पशुपक्षीलाई औषधिका रूपमा खुवाउनका लागि गाँजाको खेती गर्ने गरेका थिए ।
अमेरिकाको पहलमा ल्याइएको ‘सिंगल कन्भेसन अन नार्कोटिक ड्रग’ सन्धि नेपालले पनि पारित गरेपछि नेपालको अधिकांश ग्रामीण क्षेत्रमा हुने गरेको गाँजाखेती गैरकानुनी घोषित भयो । फलतः नेपालका विभिन्न जिल्लामा स्थानीय किसानले लुकीछिपी गाँजाखेती गर्ने गरेका छन्, ती जिल्लाहरू जस्तो कि ‘मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, गोरखा, काभ्रे, चितवन, रोल्पा, रुकुम, अर्घाखाँची, पाल्पा, डोल्पा, पर्सा, सिन्धुली’ लगायत जिल्लामा नेपाल प्रहरी र प्रशासन कार्यालय मिलेर ‘फलानो ठाउँमा अवैध गाँजाखेती नष्ट ग¥यो !’ भन्ने समाचार हामीले घरिघरि पढ्न र सुन्न पाइरहेका छौँ । जबकि ‘गाँजा’खेती गर्न कानुनी रूपमा खुल्ला गर्दा नेपालमा अभैm पनि आम्दानीको धेरै राम्रो स्रोत हुन सक्ने देखिन्छ । यसो गर्दा कम लगानी र कम मिहिनेतमै नेपाली किसानहरूले राम्रोसँग आय आर्जन गर्न सक्ने देखिन्छ, ‘गाँजाखेतीबाट ।’
अझ यसका लागि राज्यले न एक पैसा लगानी गर्नु पर्छ, न त कुनै पूर्वाधार नै निर्माण गर्नु पर्छ । बरु राज्यले त बसीबसी सित्तैमा गाँजा खेती गर्ने स्थानीय किसानबाट कर लिएर राजस्व बढाउन सक्छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा गाँजा व्यापार गर्ने व्यापारीहरूबाट पनि निकासी कर लिन पाउँछ । त्यसैले सरकारले त गाँजा खेती गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने र बजार व्यवस्थापन तथा बिक्री वितरणका लागि सहजीकरण गर्दा राम्रो हुने देखिन्छ । हुन पनि बिना कुनै लगानी र ठूलो मिहिनेतबिना नै राम्रो आम्दानी हुने गाँजाखेतीलाई सरकारले सकेसम्म छिटो खोलोस्, कानुनी रूपमा वैधता दिओस् । नेपाली किसान, व्यापारी र नेपाल सरकारले पनि सजिलैसँग पैसा कमाओस् ।
नेपालका विभिन्न जिल्लामा गाँजाको बोटको रेसा (बोक्रा) बाट अनेक खालका लत्ताकपडाहरू जस्तै झोला, सर्ट, पर्स, पेटी, टोपी, इस्टकोट, ह्यान्ड ब्याग, सोल्जर ब्याग, बोर्की आदि बुन्ने र बनाउने गरेर घरेलु इलमको रूपमा काम गरेर देशैभरि हजारौँ मानिसहरू स्वरोजगार र आत्मनिर्भर भएका छन् । त्यसैले सरकारले वैद्य रूपमा गाँजाखेतीलाई खुल्ला गरेर अनुमति दिँदै गाँजाखेती गर्ने किसानलाई थप प्रोत्साहन उत्साह जगाउने कार्यक्रमहरू ल्याएमा नेपालले आर्थिक रूपमा छिट्टै देशले छिट्टै काँचुली फेर्न बेर लाग्दैन । त्यसो त नेपालमा पनि ‘गाँजाखेती’ गर्न दिन र गाँजालाई वैध रूपमा बिक्री वितरण गर्न दिनुपर्ने र दिन नहुने भन्ने दुवै पक्षधरका मानिसहरू रहेका छन् ।
प्रतिक्रिया