काठमाडौँ । नेपालले भारतमा हुने साफ यु–१९ च्याम्पियनसिप खेल्न ५८ जना खेलाडीबाट अन्तिम टोली बनाउने भएको छ । मुख्यप्रशिक्षक उर्जन श्रेष्ठले बुधबार अन्तिम २३ सदस्सीय टोली बनाउन ५८ खेलाडीलाई छनोटमा बोलाएका हुन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुने तय छ ।
नेपालले श्रीलंकासँग ११ मेमा खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । त्यसको २ दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलंका छ । अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन ्।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सले बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । उर्जनले गोलकिपर भक्तबहादुर परियार, फरवार्ड विज्ञान खड्का, सुजन डंगोल, सुवास ठकुरी बमलगायत ५८ जना खेलाडीलाई छनोटमा बोलाएका हुन् ।
प्रतिक्रिया