सुबास पहिलोपटक राष्ट्रिय टोलीमा

काठमाडौँ । युवा फरवार्ड सुवास ठकुरी बमलाई पहिलोपल्ट समेट्दै सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दै छ । म्याट रसले यसअघि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका थिए । तीमध्ये फरवार्ड सुवास र एञ्जल श्रेष्ठले पहिलोपल्ट टोलीमा स्थान बनाएका हुन् । यी २ ले स्थान बनाउँदा गोलकिपर विशाल सुनार, डिफेन्डर आशिष गुरुङ तथा फरवार्डद्वय नीराजन धामी र सृजनराज गौतम फ्याँकिएका हुन् ।

दोस्रो चरणको प्रशिक्षणमा फरवार्ड रेजिन सुब्बा तथा सिर्जनराज गौतम र डिफेन्डर सुमन श्रेष्ठ स्ट्यान्डबाइ सूचीबाटट समेटिएका थिए । नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन् । एन्फाले उनीसँग १ वर्षको सम्झौता गरेको छ । सो खेललगत्तै नेपाली टोली त्यहीँबाट मलेसिया प्रस्थान गर्नेछ ।

प्रारम्भिक टोली

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, एञ्जल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमन श्रेष्ठ

मिडफिल्डर : लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जू

फरवार्ड : जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, दिनेश हेन्जन, सुवास ठकुरी बम, रेजिन सुब्बा

प्रतिक्रिया