काठमाडौँ । नेपाल सुपर लिग सिजन–३ का लागि टिम काठमाडौँ रेजर्सको टाइटल स्पोन्सरको रूपमा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले साझेदारी गरेको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो । हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कुटरले गति बढाउँदा अतिरिक्त बुस्ट प्रदान गर्दछ, जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ ।
प्रतिक्रिया