एथलेटिको बिलबाओ युरोपा लिगमा

लन्डन । निकोलस (निको) विलियम्सको २ गोलको मद्दतले एथ्लेटिक बिल्बाओले एएस रोमालाई ३–१ ले पराजित गर्दै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो भने लाजियोले विक्टोरिया प्लजेनसँग १–१ को बराबरी खेल्दै अन्तिम ८ मा स्थान बनाएको छ ।

लाजियोले बोडो या ग्लिम्टसँग खेल्नेछ, जसले ओलिम्पियाकोससँग २–१ को हार बेहोरे तापनि समग्रमा ४–२ को जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश ग¥यो । यसैबीच फ्रान्कफर्टले अजाक्सलाई ४–१ ले हराउँदै सहज रूपमा अन्तिम ८ मा स्थान बनायो ।

पहिलो लेगमा २–१ ले पछि परेको बिल्बाओ खेलको सुरुआतमै फाइदा उठाउन खोजेको थियो । ११औँ मिनेटमै रोमाका माट्स हुम्मेल्सले मारोआन सानादीलाई फल गरेपछि रातो कार्ड पाए, जसले रोमालाई १० खेलाडीमा सीमित ग¥यो । विलियम्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै समग्र स्कोर बराबरी गरे । उनको सट रोमाका खेलाडी एन्जेलिनोमा लागेर डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।

खेलमा २२ मिनेट बाँकी रहँदा युरी बर्चिचेले कर्नरबाट हेड गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । खेल सकिनै लाग्दा विलियम्सले पुनः अर्को गोल थपे । रोमाका लियान्द्रो पाराडेसले इन्जुरी समयमा पेनाल्टीमार्फत १ गोल फर्काए, जसले खेललाई रोमाञ्चक बनाए तापनि बिल्बाओले समग्रमा ४–३ को जित निकाल्यो ।

यसैगरी, पहिलो लेगमा २–१ को जित निकालेको लाजियो दोस्रो लेगमा प्लजेनसँग उस्तै संघर्ष गर्नुपर्यो । खेलको दोस्रो हाफमा पावेल सुल्चले राफियु डुरोसिन्मीको पासमा गोल गर्दै समग्र स्कोर बराबरी गरे ।

७७औँ मिनेटमा एलिसियो रोमाग्नोलीले कर्नरबाट हेडर गर्दै लाजियोलाई ३–२ को समग्र जित दिलाए । पहिलो लेगमा २–१ को अग्रता लिएको फ्रान्कफर्टले अजाक्सलाई २५ मिनेटभित्रै २ गोल गर्दै खेल आफ्नो पक्षमा ल्यायो । जिन बाहोया र मारियो गोत्जेले गोल गर्दै फ्रान्कफर्टलाई सहज अग्रता दिलाए । अजाक्सका लागि केनेथ टेलरले सान्त्वना गोल फर्काए तापनि गोत्जेले पुनः अर्को गोल गर्दै फ्रान्कफर्टलाई समग्रमा ६–२ को जित दिलाए ।

चेल्सी क्वार्टरफाइनलमा

किर्नान ड्युसबरी हलको निर्णायक गोलसँगै चेल्सीले कोपनहेगनलाई १–० ले हराउँदै कन्फरेन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । समग्रमा चेल्सीले ३–१ को जित हात पारेको हो । घरेलु मैदानमा चेल्सीले पहलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै हलले गोल गरेका हुन् ।

प्रतिक्रिया