महिला क्रिकेट : हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । हङकङका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । अहिले ११ ओभर सकिँदा एक विकेटको क्षेतिमा नेपालले ५८ रन बनाएको छ ।

ओपनरमा आएकी कप्तान इन्दु वर्मा आउट भएकी छन् । उनको स्थानमा अहिले पूजा महतो ब्याटिङमा आएकी छन् भने अर्की ओपनर सम्झना खड्का नटआउट रहँदै क्रिजमै छन् ।

प्रतिक्रिया