बार्सिलोना । बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा बार्सिलोनाले मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा बेनफिकालाई ३–१ ले हरायो । पहिलो लेगमा १–० को सफलता पाएको बार्सिलोनाले एग्रिगेटमा ४–१ ले जित हात पारेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टिनएजर लामिन यमाल नायक भए । उनले ११औँ मिनेटमा राफिन्हाका लागि गोल गर्ने अवसर दिएका थिए भने २७औँ मिनेटमा आफैँले गोल गरे । राफिन्हाले गोल गरेको २ मिनेटपछि नै निकोलास ओडेमान्डीले उत्कृष्ट हेड गोल गर्दै बेनफिकालाई खेलमा फर्काएका थिए । रफिन्हाले नै ४२औँ मिनेटमा बार्सिलोनाका लागि अर्को गोल गरे । उनी च्याम्पियन्स लिगमा १६ गोलमा आबद्ध भएका छन् । उनले ११ गोल गरेका छन् भने ५ एसिस्ट गरेका छन् ।
च्याम्पियन्स लिगमै पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई पिएसजीसँगको खेलमा ठुलो धक्का लागेको छ । दोस्रो चरणको पहिलो लेगमा १–० को अवे जित हात पारेको लिभरपुल मंगलबार भएको दोस्रो चरणको दोस्रो लेगमा पिएसजीसँग घरेलु भूमिमै पराजित भएको हो । खेलको अवधिभर बराबरी पछि भएको पेनाल्टी सुट आउटमा पिएसजीले लिभरपुललाई ४–१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ । पिएसजीका लागि १२औँ मिनेटमा ओसामाने डम्बालेले गोल गरेका थिए । अघिल्लो खेलमा लिभरपुल १–० ले विजयी भएको थियो भने मंगलबार राति पिएजीले १–० को जित निकाल्यो । दुवै लेगमा गरेर २ टिमले बराबरी नतिजा निकालेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
पेनाल्टी सुट आउटमा पिएसजीको जितमा गोलरक्षक जियान लुइगी डोनरुमा नायक भए । उनले डारविन नुनेज र क्रिस्चयन जोन्सको पेनाल्टी प्रहार बचाए । पिएसजीका लागि डिजाइर डाउले विजयी गोल प्रहार गरेका थिए । वायर लिभरकुसेनलाई हराउँदै वायर्न म्युनिख पनि युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो चरणको पहिलो लेगमा ३–० को सफलता पाएको म्युनिखले दोस्रो लेगमा २–० ले जित निकालेको हो ।
म्युनिखलाई सुरुआती अग्रता ५२औँ मिनेटमा कप्तान हेरी केनले गोल गरे । यस सिजनका यो उनको १०औँ युरोपेली गोल हो । ७१औँ मिनेटमा केनकै पासमा अल्फान्सो डेभिसले अर्को गोल गरे । यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा म्युनिखले खराब सुरुआत गरेको थियो । पहिलो चरणको सुरुकै ३ खेलमा म्युनिखले २ हारको सामना गरेको थियो । वायरनले क्वार्टरफाइनलमा इन्टरमिलानको सामना गर्ने छ ।
फियुनार्ड माथिको जितसहित इन्टरमिलान पनि च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु सानसिरो रंगशालामा मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा इन्टर मिलान २–१ ले विजयी भएको हो । सो खेलको आठौँ मिनेटमा मार्कस थुरामले लिभरपुलका लागि गोल गरेका थिए । पहिलो हाफमा नै जयाकव माडरले पेनाल्टीमा गोल गर्दै फियुनार्डलाई केही आशा जगाएका थिए । इन्टरका हाकन कनानग्लुले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका हुन् । पहिलो लेगमा इन्टर मिलान २–० ले विजयी भएको थियो ।
प्रतिक्रिया