नेकपा एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले निकै ठूलो कम्पन पैदा भएको छ । पार्टी सदस्य नवीकरण गरि विभिन्न औपचारिक एवं अनौपचारिक कार्यक्रम र भेटघाटहरूमार्फत् आफ्नो विचार र योजनाहरू सुनाउँदै हिँड्न थालेपछि एमालेको नेतृत्व २ कित्तामा विभाजित देखिन्छ ।
नेपाली राजनीति यतिखेर २ जना पात्रका कारणले तरंगीत बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किने निर्णयको पक्ष विपक्षमा राजनीतिक बहस र छलफल तीव्र गतिमा चलिरहेकै छन् । उहाँहरू महामहिम भइसक्नुभएको व्यक्ति फेरि किन सक्रिय राजनीतिमा फर्किनुपथ्र्याे ? के उहाँहरूबिना नेपालको राजनीति लथालिंग हुन लागेको हो ? उहाँहरूको राजनीतिक निर्णय गर्ने कौशल र दक्षताको देशलाई आवश्यकता परेको हो ? के उहाँहरूले राजनीति गर्ने दलको साख उहाँहरू आएपछि ह्वात्तै बढनेवाला छ ? आफू राष्ट्रको प्रमुख वा उपप्रमुख पदमा बहाल रहँदा के त्यस्तो राष्ट्रलाई दूरगामी असर पुग्ने कार्य गर्नुभएको थियो र ती दलहरूमा उहाँहरूको सक्रियता आवश्यक प¥यो ? यी र यस्ता अनेकौँ जिज्ञासा सामान्य नागरिकका मनमस्तिष्कमा उब्जनु स्वभाविक हो ।
संविधानको कुनै पनि धारा उपधाराले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन बन्देज नलगाएता पनि यस्तो निर्णयले नैतिक संकट भने अवश्य निम्त्याउँछ । सरकारी सेवा र सुविधा लिएर दलीय राजनीतिमा ओर्लिंदा समाजमा कस्तो सन्देश जाला भन्ने विषयलाई समेत ख्याल गर्नुपर्ने हुन्छ । सक्रिय राजनीतिबाट फेरि पनि राष्ट्रको प्रमुख कार्यकारी पदमा पुग्ने अभिलाषा हो भने यस्तो प्रवृत्तिले दलीय राजनीतिमा नकारात्मक सन्देश प्रवाह हुन सक्छ । फेरि उहाँहरूले राजनीति गर्ने दलमा आजको भोलि कुनै त्यस्तो चमत्कारिक परिवर्तन आउला भनेर अपेक्षा गर्नु अलि हतारो होला ।
भण्डारी २०७२ देखि २०७९ सम्म राष्ट्र प्रमुखको जिम्मेवारीमा रही कार्यकाल पूरा गरी बिदा भएकी हुन् । करिब ७ वर्षको राष्ट्र प्रमुखको हैसियतबाट बाहिरिए लगत्तै क्रमशः राजनीतिक गतिविधिमा सक्रिय हुन थालेपछि यसको पक्ष विपक्षमा तर्क र बहस चलिरहेकै छन् । खासगरी नेकपा एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले निकै ठूलो कम्पन पैदा भएको छ । पार्टी सदस्य नवीकरण गरि विभिन्न औपचारिक एवं अनौपचारिक कार्यक्रम र भेटघाटहरूमार्फत् आफ्नो विचार र योजनाहरू सुनाउँदै हिँड्न थालेपछि एमालेको नेतृत्व २ कित्तामा विभाजित देखिन्छ । एकथरी नेतृत्व भण्डारीको राजनीतिक पुनरागमनले एमालेको गिर्दाे साखलाई उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् । उनीहरूको विचारमा एमालेमा अब केपी ओलीको विकल्पका रूपमा भण्डारीलाई उकासेर ओलीको पेलाई र राजनीतिको अवसरबाट वञ्चित भएकाहरू नेतृत्वमा पुग्ने रणनीति रहेको बुझिन्छ ।
अर्काेतर्फ भण्डारी एमालेको नेतृत्वमा पुगेदेखि बृहत् बाम एकताको ढोका खुल्ने र यस अभियानमा अन्य कम्युनिस्ट घटक माओवादी एकीकृत समाजवादीहरू पनि सहमत हुन सक्ने अनुमान एकथरी समूहको छ । तर एमाले भित्रैचाहिँ भण्डारीको सक्रिय राजनीतिमा आउने कुरालाई कतिपय केन्द्रीय कमिटीका नेताहरूले अशोभनीय तथा अमर्यादित कार्यका रूपमा चित्रण गरेका छन् । भण्डारी स्वयं भने पर्ख र हेरको नीतिमा रहेको बुझिन्छ । चरणबद्ध रूपमा विभिन्न प्रदेशहरूमा आयोजित कार्यक्रममा व्यक्त गरेका विचार तथा अभिव्यक्तिले आफू राजनीतिक रूपमा अनुमोदित हुने नहुने परीक्षण आफैँले गरेको देखिन्छ । भण्डारी आफू एमालेको राजनीतिबाटै राष्ट्रप्रमुखको हैसियतमा पुगेकाले अब पनि एमालेकै राजनीतिमा फर्किएर सक्रिय हुने मनसायको साथ अघि बढेको देखिन्छ ।
प्रधानमन्त्री ओलीले भण्डारीको सक्रिय राजनीतिमा आउने सम्भावनाका विषयमा उनकै निवास बुढानीलकण्ठमा पुगेर सोधपुछ गर्नुले केपी ओलीमा एक प्रकारको त्रास उत्पन्न भएको देखिन्छ । पार्टीको भविष्य र आमकार्यकर्ताको भावनाअनुसार निर्णय लिई अघि बढ्ने मनसायसहित आएको भण्डारीको अभिव्यक्तिले ओली झस्किएको हुनुपर्दछ । भण्डारी सक्रिय राजनीतिमा नआई राष्ट्रले दिएको सम्मान र सुविधामा बसे आफू अर्काे कार्यकाल पनि नेतृत्वमै रहने सुनिश्चितता ओलीले खोजेको देखिन्छ ।
त्यसो त भण्डारीलाई सक्रिय राजनीतिमा उक्साउने एमालेका कतिपय केन्द्रिय एवं तल्लो तहका नेता तथा कार्यकर्ताहरूलाई लक्षित गरी आएका ओलीका अभिव्यक्तिहरूले पनि भण्डारी सक्रिय राजनीतिमा नआए राम्रो हुने आशय ओलीको छ । कतिपय केन्द्रीय नेताहरूका टिप्पणीमा पनि भण्डारी राजनीतिमा आउँदा एमालेलाई फाइदा पुग्ने दृष्टिकोण निहित छ । माओवादी र एमाले मिलेर नेकपा बन्दा भण्डारीको ठूलो भूमिका रहेको एकथरी एमाले बताउँछन् भने तत्कालीन नेकपा जोगाउने पहलदेखि लिएर संकटमा पुगेको एमालेलाई लयमा फर्काउने काममा समेत भण्डारीको सक्रियताले एमाले अहिलेको अवस्थामा रहन सकेको कतिपयको बुझाइ छ । त्यसैले पनि भण्डारीको एमालेमा पुनरागमन सकरात्मक हुने कतिपय नेताहरूको अभिव्यक्तिले उनको मनोबल बढेको हुनसक्छ । अझ भन्ने हो भने भर्खरै सम्पन्न नेकपा एमाले मोरङको जिल्ला अधिवेशनको परिणामले पनि थप उत्साह थपिएको छ । आफूले समर्थन गरेको प्यानल नै निर्वाचित भएपछि भण्डारीको बार्गेनिङ पावर बढेको रूपमा बुझ्न सकिन्छ ।
अहिले एमालेको विभिन्न तह र संगठनमा भएका नेतृत्वमध्ये करिब ७५ प्रतिशतले भण्डारीको सक्रिय राजनीतिमा फर्किन सक्ने सम्भावनालाई सहयोग पु¥याइरहेको देखिन्छ । उनको यो राजनीतिक पुनरागमनलाई एकपटक एमालेको नेतृत्वमा पुगेर राष्ट्रकै कार्यकारी पदमा पुग्ने दाउपेचका रूपमा बुझे अन्यथा नहोला । किनभने राष्ट्रको महामहिम भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किएर सक्रिय हुनुलाई पद र प्रतिष्ठा प्रतिको अटुट आशक्तिका रूपमा बुझ्न सकिन्छ । राष्ट्रप्रमुखको जिम्मेवारी पछि पनि सक्रिय बन्न पढ्ने, पढाउने, लेख्ने, अभियन्ता बन्ने, मार्गदर्शक बन्ने छँदै छ तर राजनीति नै पहिलो रोजाइ बन्नुका पछाडि सत्ता र शक्तिको आड भरोषा नै हो भनेर बुझ्न सकिन्छ । अतृप्त शक्तिको चाहना र पद प्रतिष्ठाप्रतिको लालचका रूपमा बुझे अन्यथा नहोला ।
राजनीतिमा इमान, नैतिकता, संस्कार र जवाफदेहिताको विशाल खडेरी पर्न थालेको बेला पूर्वराष्ट्रप्रमुखहरूले अभिभावकत्व प्रदान गर्नुपर्नेमा आफँै दलीय राजनीतिमा हाम फाल्नुका पछाडिको राजनीतिक अन्तर्य बुझिनसक्नुभएको छ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्षको जिम्मेवारीसहित सक्रिय राजनीतिमा फर्काउन गरेको निर्णयले पनि एमालेमा भण्डारीका लागि सक्रिय राजनीतिको ढोका खोलेको हुनसक्छ ।
प्रतिक्रिया