विदेशी खेलाडी अनुबन्धमा ललितपुर र धनगढी अगाडि

काठमाडौँ । आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि सबै टोलीमा १४ खेलाडी आवद्ध भइसकेका छन् । मार्की, रिटेन, अक्सन र ड्राफ्टपछि हरेक टिममा १४ खेलाडी पुगेका हु्न् । १६ चैतमा सुरु हुने पहिलो सिजनका लागि आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले खेलाडीको अक्सन र ड्राफ्ट गरिसकेको छ । अक्सनको समाप्तीपछि विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम पनि जारी छ । विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा धनगढी एफसी र ललितपुर एफसी अघि छन् ।

काठमाडौँ रेजर्सले् बुया टुरेयलाई अनुबन्ध गरेको छ । झापा एफसीले अजामात अब्दुलेभ र लाजार अर्सिकलाई अनुबन्ध गरेको छ । अहिलेसम्म विदेशी खेलाडी अनुबन्ध नगरिसकेको चिवतन एफसीले पनि विदेशी खेलाडीका लागि प्रयास गरिरहेको छ । टोलीका प्रशिक्षक नविन न्यौपानले व्यवस्थापनसँग आवश्यक खेलाडीको बारे जानकारी गराइसकेको बताए । केही दिनमा नै चितवनको पनि विदेशी खेलाडीको टुंगो लाग्ने छ ।

ललितपुर सिटी एफसीले ४ खेलाडी अनुबन्ध गरिसकेको छ । लतिलपुरले अनुबन्ध गरेका विदेशी खेलाडीमा जेफ्री बाल्टुस, जोनाथान कान्टिलाना, केरभेन्स बेलफोर्ट र चेन्चो ग्याल्सेन छन् । धनगढी एफसीमा ओलवाले आफिज, अहमद हिजाजी र मोहम्मद अल जाउएनी छन् । अक्सन ‘ए’ र ‘बी’ क्याटोगोरीका खेलाडीको बीचमा भएको हो भने ड्राफ्ट ‘सी’ ग्रेडको खेलाडी बीचमा भएको हो । हरेक टिमले सुरुमा एक मार्की खेलाडी घोषणा गरेका थिए । त्यसपछि हरेक टोलीले विगतमा रहेकै खेलाडीबाट अक्सन गरे ।

हरेक टिमले क्याटेगोरी ‘ए’ बाट ३ तथा क्याटेगोरी ‘बी’ बाट ६ खेलाडी लिन पाउने प्रावधान थियो । यो संख्या रिटेन सहितको हो । यस्तै क्याटेगोरी ‘सी’ बाट ४ खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो । यसपटक हरेक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा १ खेलाडी एसियाबाट हुनुपर्नेछ । यस्तै क्याटेगोरी ‘डी’ बाट पनि टिमले १ खेलाडी राख्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट १ खेलाडी राख्नुपर्नेछ ।

एनएसएलको तेस्रो संस्करणमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् भने खेल दशरथ रंगशालमा हुनेछ । दोस्रो संस्करणमा ९ टिमले प्रतिस्पर्धा गरे पनि तेस्रो संस्करणमा टिम संख्या घटेको हो । यसपटक पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सिटी एफसी, दुवैपटक उपविजेता बनेको धनगढी एफसीसहित पोखरा थन्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् । झापा एफसी दोस्रो संस्करणमा थपिएको टिम हो भने बाँकी ६ टिमले पहिलो संस्करणबाटै खेल्दै आएका छन् ।

प्रतिक्रिया