महिला क्रिकेट : हङकङविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । युगान्डामा जारी महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेकी हुन् । यससँगै हङकङले पहिला ब्याटिङ गरेको हो । आज हङकङलाई हराउँदै नेपाल प्रतियोगितामा दोस्रो जित दर्ता गराउने दाउमा छ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो । यस्तै, हङकङ पनि दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा युगान्डासँग पराजित भएको हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई– दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया