कीर्तिपुरस्थित क्रिकेट मैदानको प्याराफिट बढाउने काम धमाधम

काठमाडौं । फागुन २० गते शुभ साइत गरेर प्रारम्भ गरिएको कीर्तिपुरस्थित त्रिभुवान क्रीकेट मैदानको प्याराफिट बढाउने काम धमाधम भइरहेको छ ।

बिकेओआई–केसीडिसी–बिजि जेभिले टीयु मैदानको प्याराफिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले आज (सोमबार) साइत हेरेर पूजा गरी प्याराफिट बढाउने कार्यको सुरुवात गरेको हो ।

आगामी वैशाख २४ गतेसम्म काम सक्ने गरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । तीन सिफ्टमा काम हुने पौडेलले बताए ।

प्रतिक्रिया