पाँचथर । पाँचौं आमन्त्रण पाँचथर गोल्डकप फुटबलको तयारी पूरा भएको छ । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा शनिबार (आज) दिउसो २ बजेदेखि सुरू हुनेछ । उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
प्रतियोगिताका लागि प्यारापिट व्यवस्थापन र मैदानको स्तरवृद्धिलगायतको तयारी पूरा भएको छ । प्रतियोगितामा ए डिभिजन र विभागीय गरी ६ टिमसहित आयोजक र भारतको एक टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा ए डिभिजन क्लबका ४ टिम चर्च व्वाइज फुटबल क्लब, भारतको हिल्स फुटबल एकेडेमी, मच्छिन्द्र फुटबल क्लब, हिमालय शेर्पा क्लब, सप्तरीको नमोबुद्ध युथ क्लब, नेपाल पुलिस क्लब, पथरी क्लब मोरङ र पाँचथर क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
विजेतालाई ११ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । यो प्रतियोगिता पुरस्कार राशीका दृष्टकोणले कोशी प्रदेशकै सर्वाधिक राशीको हो । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल खेल चैत्र २ गते हुनेछ ।
प्रतिक्रिया