पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जगरनाथपुर तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता– २०८१ को उद्घाटन प्रमुख अतिथि वीरगञ्ज महनगरपालिकाका उपमेयर ईमतियाज आलमले गरे ।
खेलकुद प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि आलमले खेलकुदबाट पालिका र देशको नाम देशदेखि विदेशसम्म चिनाउने बताए । खेलकुद शरिरको लागि शारीरिक ब्यायाम भर स्वास्थ्यको लागि एक किसिमको औषधि हुने उनले बताए । उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको थियो ।
विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव, लेखापाल सन्देश कुशवाहा, बिहारी महतो नुनिया, लक्ष्मी साह, नेपाली कुशवाहा, प्रभु महतो, शिक्षा शाखा प्रमुख असोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, ईन्जिनियर सादाम हुसेन, क्षेत्रीय सचीव बलिष्टर अहमद, पालिका सदस्य तथा
सम्पूर्ण विद्यालयकका प्रधानाध्यापकलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रावी, निमावी र मावी गरि १६ वटा विद्यालयका विद्यार्थीहरुले आ–आफ्ना विद्यालयका ब्याननरमा मार्चपास निकालेका थिए । कार्यक्रममा छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाइजम्प, लौग जम्प, दौडलगायत खेल हुने भएको छ । यो खेलकुद प्रतियोगिता शनिबार (भोलि) सम्म चलने आयोजकले जानकारी दिए ।
पर्सा
प्रतिक्रिया