काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
खेलको १०औँ मिनेटमा बिमला चौधरीको गोलमा नेपालले १–० को अग्रता लिएको हो । सविता राना मगरको क्रस पासमा बिमलाले हेडमार्फत गोल गरिन् । खेलकाके सुरुवातबाटै नेपालले किर्गिस्तानलााई दबाबमा राखेको छ ।
यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले हराएको हो ।
प्रतिक्रिया