काठमाडौँ । नेपाली युवा टोली मैत्रीपूर्ण खेलमा चिनियाँ युनान प्रान्तीय टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो ।
खेलको पहिलो हाफमै पाहुना टोलीले सुरुआती अग्रता लिएको लिएको थियोे । युनानका यु मोङगाायुईले गोल गरे । सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे । तर, अग्रता भने २१औँ मिनेटमा अग्रता लियो । लि सुहानको क्रसमा मधङ्गायुईले गोल गरे ।
७८औँ मिनेटमा वाङ बिनहानले अग्रता दोब्बर बनाए । उनले काउन्टर अट्याकमा गोल गरेका हुन् । ८८औँ मिनेटमा विक्रम गौतमले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बललाई युनानका गोलकिपर लिइ झिबोले टप कर्नरबाट उत्कृष्ट बचाउ गरे । त्यो नै नेपाली टोलीले खेल अवधिभर प्रहार गरेको एकमात्रै उत्कृष्ट प्रहार थियोे ।
प्रतिक्रिया