भारत र चीनको बढ्दो प्रभाव, खस्कँदै अमेरिका

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो यस कार्यकालमा बढी आक्रामक भएर प्रस्तुत हुन चाहन्छन्, तर अमेरिका मात्रै अब विश्वको एक्लो महाशक्ति राष्ट्र रहेन । भारत र चीनको बढ्दो प्रभाव, शक्ति र भूमिकालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । अमेरिका भने कहिल्यै ब्रिक्सको प्रभावलाई स्वीकार गर्नेछैन, तर अमेरिकाले प्रमाणपत्र बाँड्नुमा वा मान्यता दिँदैमा सबैथोक हुने होइन ।

श्रीमन नारायण

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिली बनेको विकासशील राष्ट्रहरूको संगठन बिक्स विश्व राजनीतिको नयाँ शक्ति केन्द्र बनेको छ । यो समूहले नयाँ सदस्य (इजिप्ट, इथियोपिया, इरान र युनाइटेड अरब एमिरेटस) थपेर विश्व समुदायको ४५ प्रतिशत प्रतिनिधित्व गर्न थालेपछि ग्लोबल साउथको भूमिका महत्वपूर्ण र प्रभावकारी भएको छ ।

ब्रिक्सको बढदो प्रभाव र ग्लोबल साउथको एकजुटताले अमेरिका लगायतका पश्चिमाहरूलाई बढी चिन्तित एवं आक्रोशित बनाएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो यस कार्यकालमा बढी आक्रामक भएर प्रस्तुत हुन चाहन्छन्, तर अमेरिका मात्रै अब विश्वको एक्लो महाशक्ति राष्ट्र रहेन । भारत र चीनको बढदो प्रभाव, शक्ति र भूमिकालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । अमेरिका भने कहिल्यै ब्रिक्सको प्रभावलाई स्वीकार गर्नेछैन । तर अमेरिकाले प्रमाणपत्र बाँड्नुमा वा मान्यता दिँदैमा सबैथोक हुने होइन । सन् २०२५ मा र अबदेखि ब्रिक्सको भूमिका प्रभावकारी हुने निश्चित छ ।

ब्रिक्स समूहले समयक्रमअनुसार राजनीतिक महत्वसमेत प्राप्त गर्दै आएको छ । सन् २००६ मा कूटनीतिक समूह बनेर सन् २००९ मा पहिलो ब्रिक्स शिखर सम्मेलनमार्फत औपचारिक संस्था बन्यो । यो संस्थाको उद्देश्य बहुध्रुवीय विश्वलाई प्रवद्र्धन गर्नु थियो । सन् २०१० मा दक्षिण अफ्रिका यसमा समावेश भएसँगै यसको नाम ब्रिक्स बन्यो । सन् २००४ को १६औँ शिखर सम्मेलनमा नयाँ सदस्यसहित ३६ राष्ट्रका नेता र अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधिहरूको सहभागिता थियो । यसले ब्रिक्सको बढदो भू–राजनीतिक महत्व झल्काउँछ ।

सन् २०२४ को शिखर सम्मेलनले दक्षिणी गोलार्ध बीच सम्बन्ध मजबुत बनाउन र बहुध्रुवीय विश्वलाई अघि बढाउन जोड दिएको थियो । सो सम्मेलनमा भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमाथि रुसको अतिक्रमणका बाबजुद आफ्नो कूटनीतिक महत्व देखाउन प्रयास गरेका थिए । यसबाहेक धेरै देशले समूहमा सामेल हुन चासो देखाइरहेकोले ब्रिक्स अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिने स्थितिमा देखिन्छ । केहीले यसलाई शीतयुद्धकालीन असंलग्न आन्दोलन (नाम) को उत्तराधिकारी पनि ठान्दछन् । तर नामका सदस्य रुस र चीन थिएनन् ।

सन् २००१ मा ब्राजिल, रुस, भारत र चीनले हासिल गरिरहेका द्रुत आर्थिक वृद्धिलाई मध्यनजर गर्दै अमेरिकी वित्तीय संस्था गोल्डेन स्याक्सका अर्थशास्त्री जिनओ नीलद्वारा नामांकृत ब्रिक सन् २०१० मा दक्षिण अफ्रिका मिसिए पश्चात ब्रिक्स बन्न पुग्यो । आज ब्रिक्समा १० सदस्य ८ साझेदार राष्ट्रहरू आवद्ध छन् भने २३ भन्दा बढी राष्ट्रहरू प्रत्यक्ष रूपमा जोडिन चाहिरहेका छन् ।

सन् १९७० को मध्यतिर संसारको दुईतिहाइ कुल गार्हस्थ उत्पादन पश्चिम र जापानले संयुक्त रूपमा गर्दथे । जबकी अबको ५ वर्षपश्चात यही मात्राको उत्पादन अहिलेका विकासशील भनिएका ग्लोबल साउथका राष्ट्रहरूले गर्नेछन् । यिनै राष्ट्रहरूको संगठन ब्रिक्स अहिले बैश्विक अर्थतन्त्रको ४१ प्रतिशत भन्दा बढीको हिस्सेदार हो । जसमा चीनको १९ प्रतिशत र भारतको ९ प्रतिशत योगदान रहेको छ । यसबाहेक विश्वको सातौँ अर्थतन्त्र ब्राजिललगायत इन्डोनेसिया, रुस पनि ब्रिक्समै छन् । यी देशहरू तीव्र गतिका अर्थतन्त्र हुन् । पश्चिमलाई यति कडा चुनौती दिन सक्ने अवस्थामा पुगेको ब्रिक्स चाँडै नै अग्रणी विश्व संस्था पनि बन्ने छ । जिमओ नीलले सन् २००१ मा नै भविष्यवाणी गरेका थिए कि सन् २०५० सम्म ब्रिक्स राष्ट्रहरूले विश्वको आर्थिक समृद्धिमा प्रमुख भूमिकाको निर्वाह गर्नेछन् र यी राष्ट्रहरूको आर्थिक प्रगतिलाई हेर्दा के अनुमान गर्न सकिन्छ भन्ने सन् २०३५ सम्म नै ब्रिक्स राष्ट्रहरूले विश्वको आर्थिक वृद्धिको नेतृत्व गर्नेछन्, विश्वको अर्थतन्त्रको साँचो आफ्नो हातमा राख्नेछन् ।

ब्रिक्स अहिले वैश्विक अर्थतन्त्रको ४१ प्रतिशतभन्दा बढी हिस्सेदार हो । विश्वको पहिलो, दोस्रो र चौथो ठुलो जनसंख्या क्रमशः भारत, चीन र इन्डोनेसिया भएको ब्रिक्सले आज संसारको आधाभन्दा बढी जनसंख्या ओगटछ । शारीरिक र मानसिक रूपमा ऊर्जावान मानव स्रोत त्यो पनि यति ठुलो संख्यामा हुनु भविष्यमा ब्रिक्स अझ शक्तिशाली र समृद्धशाली हुँदै जाने संकेत हो ।

विश्व भूराजनीतिक र भूरणनीतिका दृष्टिले आज संसारको अति महत्वपूर्ण मध्येको एक हिन्द प्रशान्त क्षेत्र पनि हो । एकातिर ब्रिक्सको उदयले विश्वभर प्रभाव पारिरहँदा अर्कातिर हिन्द प्रशान्त क्षेत्रभित्रकै २ ब्रिक्स राष्ट्रहरूको बीचमा रहेको नेपाल पनि यसवाट अछुतो रहने छैन । उत्तरी छिमेकी चीन र अमेरिका पनि पटक–पटक आफनो पक्षमा खुलेर लाग्न नेपाललाई दबाब दिँदै आएको छ । एमसिसीमा हस्ताक्षर गरेको नेपालले बिआरआईमा पनि हस्ताक्षर गरिसकेको छ । दक्षिणी छिमेकी भारतको सुरक्षा चासो आफनो ठाउँमा हुँदै छ । नेपालको चौतर्फी विकासमा भारतले महत्वपूर्ण सहयोग निरन्तर गर्दै आएको छ । भारतका कतिपय प्रस्तावमा आशंका व्यक्त गर्ने नेपालले एमसिसी र बिआरआई स्वीकार गर्न अन्यथा मानेन । बिआरआई पहल भित्र जिएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ), जिडिआई (ग्लोबल डेभलपमेन्ट इनिसिएटभ) र जिसिआई (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ) पनि आउँछ । अमेरिकी सुरक्षा छाता होस् अथवा चिनियाँ सुरक्षा छाता, नेपालले त्यसलाई ओढ्ने प्रयास गर्नबाट बच्न सक्नुपर्छ ।

कतिपय पश्चिमा विद्वानहरूले ब्रिक्सले दक्षिणी गोलाद्र्धलाई एकाबद्ध गर्ने सम्भावना न्यून रहेको अनुमान गरेका छन् । किनभने प्रमुख ३ सदस्य राष्ट्रहरू चीन, भारत र रुस भू–मध्य रेखाको उत्तरमा छन् र नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । रुस र चीनले अमेरिकी प्रभावको प्रतिरोध गर्न साझा रुचि राख्दै ‘सीमाविहीन गठबन्धन’ घोषणा गरेका छन् । तर यी २ मुलुकबीचको रणनीतिक भिन्नता गहिरो छ । चीनको अर्थतन्त्र रुसको तुलनामा धेरै ठुलो छ र दुवै मध्य–एसियामा प्रभाव बिस्तार गर्न प्रतिस्पर्धा गरिरहेका छन् । शीतयुद्धको बेला पनि रुस एउटा ध्रुवको नेतृत्व गरिरहेको थियो भने चीन अमेरिकी खेमामा थियो । चीनको आर्थिक विकासमा अमेरिकाको पनि ठुलो भूमिका रहेको छ । यस बाहेक रुसले युक्रेन युद्धमा उत्तर कोरियालाई समेटने प्रयासले चीनलाई असहज बनाएको छ ।

ब्रिक्स संस्थाका रूपमा सीमितताको अर्को महत्वपूर्ण कारण चीन र भारतबीचको प्रतिस्पर्धा हो, जहाँ भारत अहिले विश्वकै सबैभन्दा ठुलो जनसंख्या भएको देश बनेको छ र विश्वको चाौथो ठुलो अर्थतन्त्र छ । चीनले पनि रुसजस्तै जनसांख्यिकीय गिरावट भोगिरहेको छ, जबकी भारतको जनसंख्या र जनशक्ति निरन्तर बढदै छ । चीनले दक्षिण एशियाका देशहरूलाई भारतको विरुद्धमा उभ्याउन खोज्ने र भारतले पनि चीनका छिमेकी देशहरूलाई आफ्नो प्रभावमा पारी चीनलाई घेर्ने नीति लिएको देखिन्छ । त्यसै गरी चीन र भारतले हिमाल क्षेत्रमा विवादित सीमा साझा गर्दछ ।

भुटानको डोक्लाम र भारतको गलवान सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिक बीच भएको भीडन्तले यी २ देशबीचको सम्बन्धमा तिक्तता थपेको थियो, जुन अहिले आएर सामान्य हुन थालेको छ तर यी २ देशबीच नै अब प्रतिस्पर्धा रहने निश्चित छ । ब्रिक्सका देशहरूबीच सुमधुर सम्बन्ध नरहोस् भने चाहना अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूको रहेको छ तथापि ब्रिक्सले नै सन् २०२५ देखि विश्व राजनीतिमा निर्णायक अग्रणी भूमिका निर्वाह गर्ने निश्चित छ ।

विश्वका ठूला १० अर्थतन्त्र

भारत विश्वको सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्र हो । सन् २०२५ मा भारत जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । अमेरिका, चीन, जर्मनी र अन्य प्रमुख अर्थतन्त्रको नाम मात्रको जिडिपी कति हुनेछ ? भारत कहिले तेस्रो ठूलो अर्थतन्त्र बन्छ ? भन्ने प्रश्न नेपालका लागि निकै चासोको विषय बनेको छ ।

आइएमएफका अनुसार सन् २०२५ मा कुल अमेरिकी जिडिपी ४१ लाख २९ हजार ८४० अर्ब डलर हुनेछ । दोस्रो स्थानमा रहेको चीनको ४ लाख १९ हजार र ७९० अर्ब डलर हुनेछ । तेस्रो स्थानमा रहेको जर्मनीको जिडिपी ४४ हजार ७७२ अर्ब डलर पुग्नेछ ।

यसैगरी चौथो स्थानमा रहेको भारतको कुल जिडिपी ४४ हजार ३४० अर्ब डलर हुनेछ । आइएमएफले सन् २०२७ सम्म भारतले जर्मनीलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्र बन्ने भविष्यवाणी गरेको छ । पाँचाँै अर्थतन्त्र रहेको जापानको कुल जिडिपी ४४ हजार ३१० अर्ब डलर छैटौँमा रहेको बेलायतको ४३ हजार ६८५ अर्ब डलर, सातौँ स्थानमा रहेका फ्रान्सको ४३ हजार २२३ अर्ब डलर, नवौँ स्थानमा रहेको इटलीको ४२ हजार ४३८ अर्ब डलर र १०औँ स्थानमा रहेको क्यानडाको ४२ हजार ३६१ अमेरिकी डलर छ ।

प्रतिक्रिया