मैत्रीपूर्ण खेलका लागि ४५ खेलाडी प्रशिक्षणमा

काठमाडौँ । चीन युनान युथ फुटबल टिमविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि ४५ खेलाडी बन्द प्रशिक्षण प्रशिक्षणमा बोलाइएको छ । नेपाली युवा टोलीका मुख्य प्रशिक्षक राजेश शाहीले शुक्रबार उनीहरूलाई प्रशिक्षणका लागि बोलाएका हुन् । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ फेब्रुअरीमा चीन युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासबीचको सहयोगमा सो खेल हुन लागेको हो । एन्फाले आवश्यक सम्पूर्ण प्राविधिक सहयोग प्रदान गर्नेछ भने युनान स्पोट्र्स ब्युरो र राष्ट्रिय खेलकुद परिषद्ले चिनियाँ दूतावाससँग समन्वय गर्नेछन् ।

प्रशिक्षणमा अमित टमटा, जियारथ सेख, कृष्णल मोक्तान, विशाल केसी, रुबोन बोगटी, आयुष तिमिल्सिना, अश्विन घोरासैनी र विक्रम तामाङ बोलाइएका छन् । यसैगरी, निर्मल बल, राम थापा, सविन घिमिरे, सिमन्त थापा, दीपक थापा मगर, अविनाश स्याङ्तान, लाछु थापा, सरोज दर्लामी, प्रशान्त लक्क्षम र अनिल भोम्जम पनि प्रशिक्षणमा बोलाइएका छन् ।

अन्य खेलाडीमा धनसिंह विके, धर्मेन्द्र कुँवर, न्यिमा वाङ्गेल तामाङ, निरोज कार्की, समीर तामाङ, निराजन धामी, गौरव महर्जन, निनसाङ लिम्बू, जंग प्रकाश बम, उनीश बुढाथोकी, सोहन स्याङ्तान, सन्तोष गोबंवा, विज्ञान खड्का र सुजन डंगोल छन् । यसैगरी, निशान राज लावती, विजय उरावा, रोमन श्रेष्ठ, कृष्णबहादुर आले, सविनकुमार लुंगेली, विक्रम गौतम, प्रशान्त मोक्तान, रोशन तामाङ, श्रेजन दानी, रोहन खड्गी, नीरज चौधरी र मिराक लिङ्देन र माइकल थापा पनि प्रशिक्षणमा बोलाइएका छन् ।

प्रतिक्रिया