खुल्ला पुरुष भलिबलको उपाधि साईलेन्नड किलर खत्याडलाई

मुगु । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मुगुको आयोजनामामा भएको खुल्ला पुरुष भलिबलको उपाधि साईलेन्नड किलर खत्याडले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साईलेन्नड किलर खत्याडले सिडिएस पार्क खत्याड गम्थालाई ३–२ को सेटमा हराएको हो ।

बुधबार बाट सुरु भएको खुल्ला पुरुष भलिबलमा १० टिम सहभागी भएका थिए । प्रथम हुने साईलेन्नड किलर खत्याडले ४० हजार दोस्रो हुने सिडिएस पार्क खत्याड गम्थाले २५ हजार र तेस्रो स्थान मुगुम कर्मारोङ गाउँपालिकाले १५ हजार पुरुस्कार प्राप्त गरेका छ्न् ।

खेलकुदको बिकासका लागि स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारसम्म ध्यानाकर्षणको लागि खुल्ला भलिबलको आयोजना गरिएको नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य तथा मुगु जिल्ला इन्चार्ज जेटबहादुर बिकले बताए । मुगुमा खेलमैदान नहुँदा खेल गतिविधि सञ्चालनका लागि समस्या छ ।

त्यही पनि निजी रारा बोर्डिङको सागुरो मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खुल्ला पुरुष भलिबल आयोजना गरिएको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बिकको भनाई छ । खुल्ला पुरुष भलिबलमा मुगु लगायत हुम्ला जिल्लाका खेलाडी पनि सहभागी भएका थिए ।

प्रतिक्रिया