केपी ओली कप फागुन दोस्रो साता

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण ११ फाल्गुनमा काठमाडौँमा सुरु हुने भएको छ । राष्ट्रिय युवा संघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप ११ देखि १९ फागुनसम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए । फुटबल जगतलाई ऊर्जा दिन निरन्तर केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेवेले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रतिक्रिया