मुगु । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मुगुको आयोजनामा मुगुमा खुल्ला पुरुष भलिबल सुरु भएको छ । बुधबारबाट सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा १० टिम सहभागी भएका छ्न् ।
आज भएको पहिलो खेलमा सिडिएस पार्क खत्याड गम्थाले छायांनाथ रारा नगरपालिकालाई २–१ सेटमा हराएको छ भने दोस्रो खेलमा महादेव हुम्लालाई डिएफसि मुगुले ३–० को सोझो सेटमा हराएको छ ।
खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म ध्यानाकर्षणको लागि खुल्ला भलिबलको आयोजना गरिएको नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य तथा मुगु जिल्ला इन्चार्ज जेट बहादुर विकले बताए ।
मुगुमा खेलमैदान नहुँदा खेल गतिविधि सञ्चालनका लागि समस्या छ । त्यही पनि निजि रारा बोर्डिङको साँगुरो मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खुल्ला पुरुष भलिबल आयोजना गरिएको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज विकको भनाई छ । खेल आगामी माघ १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
मुगु
प्रतिक्रिया