काठमाडौं । आईसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो समूहको पुछारमा रहेको छ । यस अघि दुवै खेलमा पराजित नेपाल बुधबार अस्ट्रेलियासँग भएको समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको हो । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।
अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् ।
इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।
बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले ३ विकेट लिइन् भने सीमना केसीले २ र रिया शर्माले १ विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।
जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई ९ र बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो । समुह बी , समूह सी र समूह डीका खेल सकिएका छन् । समूहबीमा इङ्ग्ल्यान्ड, पहिलो, अमेरिका दोस्रो तथा आयरल्यान्ड तेस्रो भए । सो समूहबाट पाकिस्तान बाहिरिएको छ ।
समूह सीमा दक्षिण अफ्रिका पहिलो, नाइजेरिया दोस्रो तथा न्युजिल्यान्ड तेस्रो भएका छन् । सामोआ चौथो भयो । यसैगरी समूह डीमा अस्ट्रेलिया पहिलो, बंगलादेश दोस्रो तथा स्कटल्यान्ड तेस्रो भए ।
समूह एबाट भारत र श्रीलंकाले् सुरुवाकता दुवै खेल जितेका छन् । वेस्टइन्डिज र मलेसियाले कुनै खेल जितेका छैनन् । भारत र श्रीलंका बिचको् समूह चरणको अन्तिम खेलको विजेतानै सो समूहको विजेता हुने छ । यसैगरी वेस्ट इन्डिज र मलेसिया बिचको खेलको विजेता पनि अघिल्लो चरणमा प्रवेश गर्ने छ ।
प्रतियोगितामा सहभागि टोलीका बिचमा १३ औ देखि १६ औ स्थान छुट्याउनका लागि खेल हुने छ । नेपालले पनि सोही खेल खेल्ने छ ।
प्रतिक्रिया