नेपाली कांग्रेसका महामन्त्री गगन थापा महोदय, आगो झोसेर मात्र पुग्छ ? सहकारीपीडितको भविष्य झन् अन्योलमा फस्यो । दिनेश त्रिपाठीले कुटाइ खाए । कांग्रेस कार्यकर्ताको शिर झुकेको छ । सहकारीका लगानीकर्ताहरू जेल जाने, तर उनीहरूलाई उपयोग गरेर सहकारी लुट्नेहरूले उन्मुक्ति पाउने भए । कसैले माने वा नमाने पनि प्रमाण, घटनाक्रम, परिवेश र आर्थिक चलखेल हेर्दा रवि दोषी नै हुन् । तपाईंले रविको मात्र होइन, समग्र भ्रष्टाचारको कुरा उठाउनुपथ्र्यो ।
जिम्मेवार राजनीतिक दलका नेताहरूले गति छाडेका कारण देशमा अराजकता बढिरहेको छ । उद्दण्ड गतिविधि र जोरजबरजस्तिका घटनाहरू प्रोत्साहित भइरहेका छन । बिधिको शासन, कानुनी राज्य र जनधनको सुरक्षा की त हाँसी मजाक बनेको छ की त संविधानका धारा र कानुनका दफाहरूमा सिमित छन् । न्याय सम्पादनमा पनि दोहोरो मापदण्ड छ । शक्ति, सम्पत्ति र तिघ्रा पाखुरा बलिया हुने अनि हुल समुह ठुलो हुनेलाई कानुनले उन्मुक्ति दिने गरेको छ । निर्धा निमुखा, अल्पमत र कमजोरहरूले थितोमिचोमा बसेर कानुनको मर्यादा धान्नु परेको छ ।
सहकारी पीडितहरूको पक्षबाट सर्बोच्च अदालतमा बहस गर्ने बरिस्ठ वकिल दिनेश त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेछन् । यो कानुनी राज्यको उपहास हो । विरोध सहन नसक्ने निरंकुश मानसिकता, जसको शक्ति उसको भक्ति र अराजकताको पराकाष्ठा हो । यो आफैमा हिंसा हो । यो प्रवृत्तिले नेपालमा पुनः हिंसात्मक आन्दोलनको आमन्त्रण गरिरहेको छ ।
यो आक्रमण कुनै एक ब्यक्तिको तत्काल उत्पन्न आवेग र उत्तेजनाबाट मात्र भएको होइन । यसमा रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टीको हात छ । रवि लामिछानेको गिरफ्तारी विरुद्ध प्रतिवाद गर्न आव्हान गरेको कारण उत्पन्न परिणाम हो । यो अपराध मात्र होइन हिंसा पनि हो । यसमा दिनेश त्रिपाठी माथि हमला गर्ने कुनै अमुक व्यक्ति मात्र दोषी होइन । स्वयम रवि लामिछाने र राष्ट्रिय स्तन्त्र पार्टी दोषी छन । यो घटनाको जिम्मेवारी उहाँहरू स्वयमले लिनु पर्दछ । यदि देशमा कानुनको धुकधुकी बाँकी छ भने उनिहरू उपर हदैसम्मको कार्यवाही हुनुपर्दछ । यस्ता घटनालाई सामन्य मान्दा, स्वार्थमा गास्दा र लछारिदै जाँदा देशले अहिलेको दुर्भाग्य ब्योहोरिरहेको छ ।
अब हेर्न बाँकी छ । नेपाल बार एसोसिएसनको रबैया । न्यायाधीश खान सरकारको चाकरी मात्र गर्ने, अदालतमा सेटिङ मात्र मिलाउने र पार्टीको जि हजुरी मात्र गर्ने कि व्यवसायीक धर्म पुरा गर्ने ? नेपाल सरकार सँग प्रश्न छ, शक्ति सम्पत्ति र हुल हुनेको पक्षमा मात्र बोल्न पाउने की ? के सरकार यसरी नै चल्छ चेत फर्कदैन ? सम्भव नहुने गुड्डी हाकेर बस्नु भन्दा नेपाली जनताको शान्ति सुरक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र सुशासनकोलागि लाग्नुस ।
नेपाली कांग्रेसका महामहिम महामन्त्री गगन थापा महोदय, आगो झोसेर मात्र पुग्छ ? सहकारी पीडितको भविष्य झन अन्योलमा फस्यो । दिनेश त्रिपाठीले कुटाइ खाए । कांग्रेस कार्यकर्ताको शीर झुकेको छ । सहकारीका लगानीकर्ताहरू जेल जाने तर, उनिहरूलाई उपयोग गरेर सहकारी लुटनेहरूले उन्मुक्ति पाउने भए । कसैले माने वा नमाने पनि प्रमाण, घटनाक्रम, परिवेश र आर्थिक चलखेल हेर्दा रवि दोषी नै हुन । तपाईंले रविको मात्र होइन समग्र भ्रष्टाचारको कुरा उठाउनु पथ्र्यो । जे भयो भयो मानौं । रवि विरुद्धको मुद्दाले उत्पन्न घटना, परिस्थिति र परिणामहरूको विषयमा तपाईं वेखर हुन मिल्छ ? के गर्दै हुनुहुन्छ ?
अज्ञात शक्ति समुह, सरकार र कांग्रेस एमाले नेता गणलाई पनि प्रश्न छ । लेखा समितिको सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाको केश रवि लामिछानेको भन्दा फरक हो । तर उनी रवि धरौटीमा छुटनु भन्दा एक दिन अगाडि धरौटीमा छुट्नु संयोग मात्र होइन भन्ने तर्क गलत हो ? रविको थुनछेक आदेशको भोलिपल्ट मात्र अदालत हाजिर भएको भए के हुन्थ्यो ? यो संयोग हो की षडयन्त्र राम जाने, तर यो भित्री मिलेमतो, जालझेल र नियोजित नाटक मञ्चन हो भनेर शंका गर्नेहरू पनि छन । मुद्दा देखावटी, भित्र मिलापत्रको गोटी ! होइन कसरी भन्ने ?
देशको अवस्था बिग्रेको छ । ठिक छ, कसरी भनु ? नेता पनि ठेगानमा छैनन् । सबै राम्रो गरेको मात्रै भन्छन् । थितिमा न आफू बसे न बसाउनसके । इतिहासको योगदानलाई सम्झेर कति असल भनिरहुँ ? इतिहासै नभएका पनि ठालु बनेका छन् । नेताहरू कोही प्रजातान्त्रिक, लोकतान्त्रिकदेखि जनवादी सम्मका छन । तन्त्र र वादहरू जनताका अधिकार र देश बनाउनका लागि होलान् । पार्टीभित्र र बाहिर पनि अधिकार नियन्त्रण गरिएको छ । नेताहरू निरंकुश छन् । विधि विधान र पद्धति नेताहरू अनुकूल बनेका छन् । अझ संविधान राजनीतिक सम्झौताको दस्तावेज बनेको छ । जनताको संविधान त बन्न बाँकी नै छ । आफैँले बनाएको संविधान छोटो समयमा धेरैपटक संशोधन गरिसके । अझै संशोधनको कुरा उठाइरहेका छन् । त्यो पनि आफ्नैलागि । मुलुक र जनताको चाहाना र हितमा संशोधनको एजेन्डा कसैसँग छैन । यो जायज कसरी मान्ने ?
मालपोत कार्यालयमा गयो जग्गा पास, दर्ता र मुद्दामा घुस तिर्नु परेकै छ । अदालतमा घुस र वकिलको दस्तुर भयो । प्रहरीमा पावर र पैसा चलिरहेकै छ । सरकारी कार्यलयहरूमा पेन्सिलदेखि प्लेन खरिदसम्म कमिसन असुल भइरहेकै छ । परियोजना, ठेक्का, भन्सार, कर, सरकारी र गैरसरकारी सबैतिर पिसी, मार्सी र ह्विस्कीले छाडेको छैन । बालेनको पालिकामा नक्सा पास सित्तै हुँदैन । मुद्दामा घुस हटेको छैन । ठेक्कामा कमिसन चलिरहेकै छ । अहिले त बालेन आफैँले सुरु गरे भनेर समाचार पो आउँछ । ‘उज्यालोका नायक’ कुलमानको कुरा रमेश खरेलले लेखेको सत्य हो भन्छन् । नपत्याए ठेकदारलाई गोप्य सोधे नि भयो । सम्पत्ति छानबिनको आँट त कसले गर्ला । आफँैतिर फर्केला । यसको विरोधमा बोल्नु अपराध हो ?
अदालत र प्रहरीलाई दबाब र प्रभावमा पार्न रवि कार्यकर्ता उफार्दै छन् । पैसा टन्न कमाएर प्रतिष्ठा खोज्न राजनीतिमा हाम्फालेका रास्वपाका नेता सर्वस्व जाने भयो जस्तो गरेर धताइरहेका छन् । संवैधानिक, कानुनी र राजनीतिक मर्यादा कुन चराको नाम हो थाहा छैन । अनुसन्धानमा अवरोध खडा गर्ने उद्देश्यले सडकमा ताण्डव मच्चाइरहेका छन् । यो चरित्रलाई ठिक कसरी भनौँ ?
एमाले ओलीको कब्जामा छ । अरू कोही सास काडन सक्दैनन् । बल्खु र च्यासलमा घर घडेरी हुँदाहँुदै किन चाहियो मीन भवन ? भन्न पाइँदैन । कारबाहीको कोर्रा लगाउँछन् । किम जोङ बनेका छन् । हाम्रो कांग्रेसका शेरबहादुर बुढा भए । २–४ जना शेरबहादुरको जन्म भइसक्यो । यिनीहरू चुरिफुरी गर्दैछन् । देश, जनता, पार्टी र कार्यकर्ताको चिन्ता भाषणमा । उद्देश्य, लक्ष्य र ध्यान केन्द्रित सबै शेर बहादुरको आसनमा । महाधिवेशनमा एकथरीको बुथ कब्जा थियो । नपुगेर एकजनालाई हालेको भोट अर्काको नाममा पनि गनियो । केन्द्रीय सदस्य पदेन महाधिवेशन प्रतिनिधि बन्ने विधान बनाएका छन् । आफू पदेन आउने भएपछि छाडा साँढेजस्तो जिल्लामा कांग्रेसको बाली माडेका छन । किचलो मच्चाएर जिल्ला भाडेका छन् । यी सबै गलतभन्दा ऊ मान्दैन । उल्टो अर्ती बर्साउँछ । सही भनौँ आफ्नै आत्माले अनुमति दिँदैन ।
विकास बजेट प्रधानमन्त्री र मन्त्रीको क्षेत्रमा । अलिअलि माननीय । कति बजेट बोलकबोलमा । कार्ययोजना, प्राथमिकता र लक्ष्य उद्देश्य केही छैन । जसको शक्ति उसको भक्ती । प्रधानदेखि पिउनसम्मले खाएको घुस जनताको टाउकोमा । निर्वाचनमा बुथ कब्जा, मतको खरिदबिक्री र जोरजबरजस्ती लोकतन्त्रको आदर्श बनेको छ । बेइमानले राज गर्ने, इमानदारहरू शीर घोप्ट्याएर हिँड्नुपर्ने चलन आएको छ । मैले मान्नुपर्ने ।
सरकारी अस्पतालमा उपचार नपाएर गरिब मर्छ । निजी अस्पतालमा पैसा तिर्न नसकेर मर्छ । नाराबाजी, पत्रिकाबाजी, मनी, मसल्स र पावरमा न्याय अड्किएको छ । निर्धा, निमुखा र दीन दुःखीको निसाप हरायो । युवा पलायनले देश रित्तिन लागिसक्यो । कति बक्सामा फर्कन्छन् । उता बस्नेको ब्यथा अर्कै छ । आँसु पिएर बसेका छन् । यसलाई सुशासन भनौँ कि के भनौँ । म त भन्नै सक्दिन । विवेक मार्न सक्दिनँ । धर्म छाड्दिनँ । सत्य बोल्यो एकथरी पदपिचास, दास र राजनीतिबाट जीविका चलेकाहरू रिस पोख्छन् र कन्सिरी तताउँछन् । धिक्कार छ तिमीहरूलाई ! सुधारतिर सुरुआत छैन । गौरवमय इतिहास र बलिदानका महान गाथा बेचेर कति जीविका चलाउने ? पहुँच, पैसा र पावर नभएकाहरू थिचोमिचो, उपेक्षा र हेपिएर बाँच्नुपरेको छ । कसरी चित्त बुझाउने ।
प्रतिक्रिया