काठमाडौं । त्रिवि क्रिकेट मैदानमा नेपालका राजनीतिक नेता र कलाकारहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।
आगामी साता सुरू हुन लागेको जय नेपाल कपको पुर्वरार्धमा आयोजना गरिएको प्रतियोगितामा कलाकार र नेताहरूले १० विकेटको खेल खेलेका छन् ।
प्रतियोगितामा रेखा थापा, जितु नेपाल, केकी अधिकारी, प्राडा सुरेन्द्र भण्डारी, धीरज राई, स्वागत नेपाल, बद्री पंगेनी, टिकाराम यात्री, विजय बराल, शिव श्रेष्ठ, प्रकाश सपुत, निर शाह, डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, जीवन परियार, गृहमन्त्री रमेश लेखक, योगेश भट्टराई, महेश बस्नेत, भीम रावल, रामकुमारी झाँक्री, मिनेन्द्र रिजाल, खेलकुद मन्त्री तेजुलाल चौधरी लगायतलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया