प्रिमियरसिपमा न्यु क्यासल र इसाकको सनसनी कायम

लन्डन । अलेक्जेन्डर इसाकले सानदार फर्मलाई कायम राख्दै २ गोल गरेपछि बुधबार राति भएको इंग्लिस प्रिमियरसिपको खेलमा न्यु क्यासल युनाइटेडले उल्भ्सलाई ३–० ले हराएको छ । न्यु क्यासलको सबै प्रतियोगितामा गरेर यो लगातार नवौँ जित हो ।

३४औँ मिनेटमा इसाकको गोलमा न्यु क्यासलले अग्रता लिएको थियो । सो गोलसँगै इसाक प्रिमियर सिपका लगातार ८ खेलमा गोल गर्ने न्यु क्यासलको खेलाडीको रूपमा कीर्तिमान कायम गर्न सफल भएका थिए । दोस्रो हाफको ११ औँ मिनेटमा इसाकले नै अर्को गोल गरे। खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्थोनी गोर्डानले न्यु क्यासलका लागि तेस्रो गोल गरे । न्यु क्यासल ३८ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

इंग्लिस प्रिमियरसिपकै बुधबार भएको अर्को खेलमा आर्सनलले सहरी प्रतिद्वन्द्वी टोटेनहमलाई २–१ ले हराएको छ । खेलको २५ औँ मिनेटमा हेउङ सनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । सो खेलको ४० औँ मिनेटमा टोटेनहमका डोमिनिक सोलांकीले आत्मघाती गोल गरे । आर्सनलका डिफेन्डर गाब्रिएलले हेडे बल नियन्त्रणमा लिने प्रयासमा उनले आत्मघाती गोल गरेका हुन् । ४४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै घरेलु टोलि आर्सनललाई २–१ ले अघि बढाए । दोस्रो हाफमा कुनै टोलिले गोल गर्न सकेनन् र ‘नर्थ लण्डन डर्बी’मा आर्सनल विजयी बन्यो ।

वोले वाटकिन्सनले दोस्रो हाफमा विजयी गोल गरे पछि प्रिमियर सिपको अर्को खेलमा अस्टन भिल्लाले एभरटनलाई १–० ले हराएको छ । गत साता डियान साच बर्खास्त भए पछि टोलीका जिम्मेवारी सम्हालेका डेभिड मोयसको सो पहिलो खेल थियो । बुधबार नै भएको खेलमा क्रिस्टल प्यालेसले लिसेस्टर सिटीलाई २–० ले हराएको छ ।

अंक तालिकामा लिभरपुल २० खेलमा ४७ अंक सहित शीर्ष स्थानमा छ । यसैगरी, आर्सनलको २१ खेलमा ४३ अंक छ । नटिङघम फरेस्टको २१ खेलमा ४३ अंक छ । न्यू क्यासलकबो ३८ तथा चेल्सीको ३७ अंक छ । म्यानचेस्टर सिटी र अस्टन भिल्लाको समान ३५ अंक छ ।

वायर म्युनिखको फराकिलो जित

बुधबार भएको जर्मन बुन्डेसलिगाको खेलमा वायरन म्युनिखले होफेन फेमलाई ५–० ले हरायो । सो जित सहित म्युनिख तालिकामा ४ अंकको अग्रता कायम गर्न सफल भएको छ । सो खेलमा इङ्ग्ल्यान्डका कप्तान हेरी केन छाएका थिए । केनले २६ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । यस अघि ३१ वर्षिय केनकै सहयोगमा राफले गुइरोरेले गोल गरेका थिए ।

यस सिजनको १५ खेलमा केनले १६ गोल गरेका छन् भने ८ एसिस्ट गरेका छन् । खेलको छैटौ मिनेटमा लियोरे सानेको गोलमा म्युनिखले पहिलो अग्रता लिएको थियो । उनले दोस्रो हाफको सुरुवातमै पनि गोल गरे । सर्जी नाब्रीले ६६ औ मिनेटमा अर्को गोल गरे ।

बुन्डेसलिगाको अर्को खेलमा वेरडर ब्रेमन र हाइडेन हेम विच ३–३ गोलको बराबरी भयो । यसैगरी युनियन बर्लिनलाई अग्स बर्गले २–० ले हरायो । स्टुगार्टले आरबी लेपिजलाई २–१ ले हरायो । बोकुमले सेन्ट पाउलीसँगको खेलमा १–० को सफलता पायो ।

तालिकामा म्युनिखको ४२ अंक छ भने वाय लिभरकुसेनले ३८ तथा फ्रान्टफर्कको ३३ अंक छ । यसैगरी लेपिजको ३० तथा स्टुगार्टको २९ अंक छ । इटालिन सिरिएको खेलमा भने मध्यमा रहेको बोलोग्नाले इन्टर मिलानलाई २–२ गोलको बराबरीमा रोकेको छ । यसले इन्टरको उपाधि अभियानमा भने समस्या थपेको छ । तालिकामा अग्रता कायम गरेको नेपोलीको ४७ तथा उक खेल कम खेलेको इन्टरको ४४ अंक छ । एटलान्टाको ४३ अंक छ ।

बार्सिलोना क्वार्टरफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेला रे कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बुधबार राति भएको खेलमा रियल बेटिसलाई ५–१ ले हराउँदै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो । बुधबार भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गर े। मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे । बेटिसका लागि ८५ औँ मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे ।

बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो । यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५–२ ले हराएको थियो । सोही प्रतियोगिताका बुधबार भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडले एल्चेलाई ४–० ले हरायो । गेटाफेले पोन्टेभेड्रासँगको खेलमा १–० को सफलता पायो । लेगानेसले अल्मेरियालाई ३–२ ले हरायो ।

प्रतिक्रिया