काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले साे होटेलको उद्घाटन गरेका हुन् ।
साे क्रममा प्रधानमन्त्री ओलीले पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो ।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए ।
नेपालको हिमाल आरोहणमा ८ हजारभन्दा माथिको हिमाल १९५० मा फ्रेन्च आरोही मरिस हर्जोजले चढेको ओलीले स्मरण गरे ।
काठमाडौंमा थपिएको यो पाँचतारे होटलसँगै नयाँ ब्राण्डसमेत भित्रिएको छ । सुकेधारामा ११ तलाको भवनमा १०४ कोठाको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको हो । यो होटलको सुभारम्भसँगै पहिलोपटक फ्रान्सेली ब्राण्डसमेत नेपाल आएको छ । अकोर होटलको समूहको मर्क्युरसँगै होटलले दिने सेवा सुविधा अन्तर्राष्ट्रिय स्तरको हुने भएको छ । यो होटल बनाउन करिब ३ अर्ब रुपैयाँ खर्च भएको होटलले जानकारी दिएको छ । यो होटलमा २२० जना कर्मचारी हुने छन् ।
यो होटलमार्फत एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो । अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो ।
होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ । यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ ।
पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ११ तले छ । होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन् ।
प्रतिक्रिया